coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

‘रोमा’ र ‘दी फेभरेट’बीच प्रतिष्पर्धा

लसएन्जल्स – विश्व प्रतिष्ठित अवार्ड ‘ओस्कर’को ९१ औं संस्करणको मनोनयन सार्वजनिक भएको छ। सार्वजनिक मनोनयन अनुसार ‘ओस्कर अवार्ड २०१९’मा यसपटक नेटफ्लिक्सको फिल्म ‘रोमा’ र ‘द फेभरेट’ले ‘बेस्ट फिल्म’सहित समान १०–१० विधाको मनोनयनमा आफुलाई सुरक्षित गरेका छन्। 

फिल्म ‘रोमा’ मनोनयनमा ‘बेस्ट पिक्चर’सहित ‘बेस्ट एक्ट्रिस’, ‘बेस्ट सर्पोटिङ एक्ट्रिस’, ‘बेस्ट डिरेक्टर’, ‘बेस्ट ओरिजिनल स्क्रिनप्ले’, ‘बेस्ट फरेन ल्याङवेज फिल्म’, ‘बेस्ट सिनेमाटोग्राफी’, ‘बेस्ट प्रोडक्सन डिजाइन’, ‘बेस्ट साउण्ड इडिटिङ’ र ‘बेस्ट साउण्ड मिक्सिङ’ विधामा परेको छ।

त्यस्तै ‘दी फेभरेट’ पनि ‘बेस्ट पिक्चर’सहित ‘बेस्ट एक्ट्रिस’, ‘बेस्ट सर्पोटिङ एक्ट्रिस(२)’, ‘बेस्ट डिरेक्टर’, ‘बेस्ट ओरिजिनल स्क्रिनप्ले’, ‘बेस्ट सिनेमाटोग्राफी’, ‘बेस्ट कष्ट्युम डिजाइन’, ‘बेस्ट प्रोडक्सन डिजाइन’ र ‘बेस्ट फिल्म एडिटिङ’ विधाको मनोनयनमा परेका छन्।

ओस्करमा ‘ए स्टार इज बर्न’ र ‘भाइस’ समान आठ, ‘ब्ल्याक पेन्थर’ सात, ‘ब्ल्याककेकेलेन्समेन’ छ, ‘बोहिमेन राप्सोडी’ र ‘ग्रीन बुक’ पाँच तथा ‘फष्ट मेन’ तथा ‘मेरी पपिन्स रिटन्र्स’ समान चार विधाको मनोनयनमा छन्।

समाचार अनुसार फिल्म ‘दी फेभरेट’की नायिका ओलिभिया कुलमेन र ‘दी वाइफ’की ग्लेन क्लोसबीच ‘बेस्ट एक्ट्रिस’ विधामा कडा प्रतिष्पर्धा हुनेछ। अघिल्ला ६ मनोनयनमा समेत परेकी क्लोसका लागि यसपटकको अवार्ड जित्नै पर्ने दबाब पनि छ। यो विधामा फिल्म ‘रोमा’बाट यालित्जा एपारिसिओ, ‘क्यान यु एभर फरगिभ मि ?’ बाट मेलिसा म्याककार्थी र ‘ए स्टार इज बर्न’बाट लेडी गागा मनोनित छन्।

अवार्डको ‘बेस्ट एक्टर’ विधामा फिल्म ‘ए स्टार इज बर्न’बाट ब्राड्ले कुपर मनोनयनमा परे पनि ‘बोहिमेन राप्सोडी’बाट रामी मालिक र ‘भाइस’बाट क्रिश्चियन बेलमध्ये एकले अवार्ड जित्ने अनुमान गरिएको छ। यी दुई फिल्म बायोपिक हुनु र समिक्षकबाट पनि राम्रो समिक्षा पाएकाले यी दुईबीच प्रतिष्पर्धा हुने देखिएको छ।

सन् २०१८ को अमेरिकी बक्स अफिसमा सर्वाधिक हिट भएको फिल्म ‘ब्ल्याक पेन्थर’ले अवार्डमा ‘बेस्ट फिल्म’सहित प्राविधिक विधाको मनोनयनमा आफुलाई पारेको छ। अवार्ड वितरण हलिउडको डल्बी थिएटरमा फेब्रुअरी २४ मा हुनेछ।

प्रकाशित: १० माघ २०७५ ०५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App