coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भारतको विजयी सुरुआत

न्युजिल्यान्डविरुद्ध रन बटुल्ने क्रममा भारतका शिखर धवन । तस्बिर : एपी

नापिर – न्युजिल्यान्ड भ्रमणमा रहेको भारतीय टोलीले पाँच एकदिवसीय क्रिकेटमा विजयी सुरुआत गरेको छ। खेलमा भारतका मोहम्मद शमीको उत्कृष्ट बलिङको मद्दतमा बुधबार  भारतले डिएल मेथडमा घरेलु टोली न्युजिल्यान्डमाथि ८ विकेटको शानदार जित निकाल्न सफल भएको हो।

१ सय ५७ रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको भारतले ३४.५ ओभरमा १ सय ५६ रन जोड्ने क्रममा वर्षा भएपछि खेल रोकिएको थियो। त्यसपछि डिएल मेथडबाट लिएको निर्णयमा भारत ८ विकेटले विजयी भयो। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्ड ३८ ओभर खेल्दा १ सय ५७ रनमा समेटिएको थियो। ओपनर मार्टिन गुप्तिल र कोलिन मुन्रो सस्तैमा समेटिँदा घरेलु टोली न्युजिल्यान्डको इनिङ संकटमा परेको थियो। दुवैलाई भारतीय बलर शमीले पवेलियनको बाटो देखाएका थिए।

मोहम्मद शमीको चार विकेट र शिखर धवनले बनाएको अविजित ७५ रन नै भारतको जितका आधार रह्यो।

त्यसपछि ब्याटिङमा आएका कप्तान केन विलियम्सनले व्यक्तिगत ६४ रन जोड्दै घरेलु टोलीको इनिङ्लाई उकासे। ८१ बलको सामना गरेका विलियम्सनले ७ चौका प्रहार गरे। यस्तै रोस टेलरले व्यक्तिगत २४ रनको स्कोर गरे पनि बाँकी ब्याट्सम्यानले भारतको कसिलो बलिङ सामु खेल्न सकेनन्। धरासयी बनेको इनिङ्लाई उकास्न संघर्षरत न्युजिल्यान्ड ३८ ओभरमा समेटियो।

बलिङतर्फ भारतका कुलदीप यादवले सर्वाधिक ४ विकेट हात पार्दा शमीले ३ विकेट लिएका थिए। जवाफी ब्याटिङ गरेको भारतका लागि शिखर धवनले अविजित ७५  र अम्बाती रायडुले १३ रन बनाउँदै ३४.५ ओभरको  समाप्तिमा १ सय ५६ रनको योगफल बनाएका थिए। जितका लागि एक रन मात्र आवश्यक भएको अवस्थामा वर्षा भएपछि रोकिएको खेलमा भारत डिएल मेथडमा विजयी भयो।

यसअघि ओपनर राहित शर्माले एक चौकको मद्दतमा ११ रन जोड्दै पवेलियन फर्किएका थिए। कप्तान विराट कोहली ४५ रनमा फर्गुसनको बलमा क्याच भए। ५९ बलको सामना गरेका विराटले ३ चौका प्रहार गरे। बलिङतर्फ न्युजिल्यान्डका लागि डउग बार्सिवेल र लकेइ फर्गुसनले समान एक–एक विकेट लिए। दोस्रो एकदिवसीय खेल शनिबार हुनेछ।

प्रकाशित: १० माघ २०७५ ०५:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App