coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'सहमति पालना नभएसम्म अनशन नतोड्ने'

काठमाडौं - चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विगतमा आफूसँग भएका सहमति कार्यान्वयन गराउन भन्दै अनशन बसेको १५ दिन पुगिसकेको छ। डा. केसी स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गइरहँदा पनि सरकारले वार्ताका माध्यमबाट समस्या समाधान गर्ने पहल गरेको छैन।

डा. केसीको उपचारमा संलग्न डा. सुवास आचार्यका अनुसार उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ। केसीको शरीरमा सेतो रगतको मात्रा घटिहेकाले उनी संक्रमणको उच्च जोखिममा छन्।डा. केसीको स्वास्थ्य अवस्था निरन्तर खस्किरहे पनि सत्तारूढ दलहरु डा. केसीसँग गरिएको सहमतिविपरीत संसदीय समितिबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्बाट जसरी पनि पारित गर्ने तयारीमा छन्। शुक्रबारको संसद् बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न लागिपरेका छन्।

सत्तारूढ नेकपा स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आगामी माघ ११ गते बस्ने संसद बैठकबाट पारित हुने दाबी गरेका छन्। उनले मन्त्रीलाई रोस्ट्रममा जान दिइएन भने मन्त्री बसेकै ठाउँबाट पनि पारित हुनेसमेत जिकिर गरे। मुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले अनशनरत डा. केसीसँग गरिएको सम्झौताबमोजिम विधेयक नल्याएकाले संसदबाट पारित हुन नदिने बताए।

प्रकाशित: १० माघ २०७५ ०५:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App