१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कार्यदल सदस्यकै कारण बैठक ढिलाइ

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण कार्यदलको बैठक कार्यदलमै रहेका सदस्यका कारण ढिला हुन थालेको छ। गृहमन्त्री रामबहादुर थापा कार्यदलको वरिष्ठ नेता भए पनि उनले समन्वय नगर्दा बैठक बस्न ढिलाइ भएको छ।

एकीकरण प्रक्रियाको बाँकी काम टुंग्याउन भनेर गत २४ पुसमा स्थगित भएको बैठक तीन दिनअघि बसेको थियो। त्यसपछि बस्न सकेको छैन। बाँकी काम टुंगो नलागेसम्म लगातार बस्ने गरी सोमबारबाट बैठ सुरु भएको थियो तर गृहमन्त्री थापाले सरकारी कामबाट फुर्सद निकाल्न नसक्दा र पार्टी बरियतामा समेत अगाडि रहेका उनले बैठकको समन्वय गर्न नसक्दा बैठक ढिलाइ भएको कार्यदलका एक सदस्य बताए। पार्टीको स्थायी समितिको कार्यादेशअनुसार बाँकी काम र केन्द्रीय सदस्यहरूको कार्यविभाजनसम्बन्धी सबै विषय टुंगो लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाउने तयारी। ‘स्थगित भएपछि बैठक सुचारु भएको थियो तर सरकारी काममा रहेका सदस्यहरूले समय नदिँदा बैठक बस्न सकेको छैन,’ कार्यदलका एक सदस्यले भने। गत १२ पुसमा सम्पन्न स्थायी समिति बैठकले संगठनात्मक एकीकरणको बाँकी काम र केन्द्रीय सदस्यको कार्य विभाजनको गृहकार्यका लागि नौ सदस्यीय कार्यदल बनाएको थियो।

कार्यदलमा नेताहरू रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, लेखराज भट्ट, वर्षमान पुन र रघुवीर महासेठ छन्।

प्रकाशित: १० माघ २०७५ ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App