७ वैशाख २०८१ शुक्रबार
राजनीति

अस्पताल विघटनको विरोधमा धर्ना

जिल्ला प्रशासन कार्यालय बाँके अघि बुधबार धर्ना दिदै कांग्रेस नेता, कार्यकर्ता। तस्बिर: नागरिक

नेपालगन्ज - बाँकेको खजुरामा सञ्चालित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघीय सरकारको मातहतमा नराख्ने निर्णयको विरोधमा नेपाली कांग्रेस बाँकेले सशक्त रूपमा आन्दोलन अगाडि बढाएको छ। सोही विरोधमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् बैठक पनि अवरोध गर्दै आएको छ। कांग्रेस केन्द्रीय कार्यक्रमअनुसार बाँकेमा पनि दिनहुँ विरोधका कार्यक्रम भइरहेका छन्। कांग्रेस बाँकेले विरोधस्वरूप बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ।

धर्नाका क्रममा उपस्थित कांग्रेस नेता, कार्यकर्ताले वर्तमान सरकारको कार्यशैलीविरुद्ध चर्का नाराबाजी गरे। सरकारले राजनीतिक पूर्वाग्रह राखेर पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइराला र गिरिजा प्रसाद कोइरालाको नाम जोडिएका अस्पताललाई संघीय सरकारको मातहतमा नराख्ने निर्णय गरेको बताएका थिए। सरकारको उक्त निर्णयपछि पूर्वप्रधानमन्त्री सुशील कोइरालाको गृह जिल्लावासी एवम् कांग्रेस कार्यकर्ता विरोधमा उत्रिएका हुन्। धर्नाको नेतृत्व गरेकी कांग्रेस जिल्ला सभापति किरण कोइरालाले सरकारले पूर्वाग्रही रूपमा गरेको निर्णय फिर्ता लिन आग्रह गरिन्। कम्युनिस्ट सरकारले बहुमतको दम्भ राखेर मूर्धन्य व्यक्तित्वको इतिहास मेटाउने काम गरेको भन्दै कांग्रेसलाई कुनै पनि हालतमा मान्य नहुने चेतावनी दिइन्। सरकारले निर्णय फिर्ता नलिँदासम्म दवाव जारी राख्ने र अझ सशक्त आन्दोलन गर्ने बताइन्।

प्रदेश सांसद सुरेन्द्र हमालले संघिय सरकारको मातहतमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सञ्चालन गर्नुपर्ने बताए। ‘बाँकेमा यो अस्पताल स्थापना भएपछि पश्चिम नेपालका क्यान्सर बिरामीलाई ठुलो राहत मिलेको छ, सरकारले यसको दायरा अझ फराकिलो बनाउनुपर्ने बेलामा झन् खुम्च्याउन खोज्नु दुखत कुरा हो,’ उनले भने, संघीय सरकारको मातहतमा अस्पताललाई नपार्नु पश्चिम क्षेत्रका बासिन्दाका लागि दुर्भाग्यपूर्ण कुरा हो।’ सरकारको यो कदमको यसक्षेत्रका आम बासिन्दाले बिरोध गरेर साझा मुद्दा बनाउनुपर्ने प्रदेश सांसद हमालको सुझाव छ।

पूर्वसांसद एवम् कांग्रेस नेता अब्दुल हमिद सिद्धिकी (भोला)ले शान्ति प्रक्रियाका अग्रणी ब्यक्तित्व गिरिजा प्रसाद कोइराला र संविधान पिता सुशिल कोइरालाको वर्तमान सरकारले अपमान गरेको बताए।

प्रकाशित: १० माघ २०७५ ०३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App