८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा एक नेपाली युवालाई जेल सजाय

अष्ट्रेलिया - अष्ट्रेलियामा  ८२ वर्षीय वृद्धमाथि हातपात गरेको अभियोगमा एक नेपाली युवालाई जेल सजाय सुनाइएको छ।वृद्धाश्राम एजकेयरमा एआइएनका रूपमा कार्यरत नेपाली युवा प्रकाश पौडेललाई आठ महिनाको जेल सजाँय सुनाइएको हो। सिड्नीको अदालतले पौडेललाई बुधबार दोषी ठहर गर्दै जेल सजाँय सुनाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

अदालतमा सुनुवाईको क्रममा प्रकाशका वकिलले धेरै काम गरेका कारण चिडचिडयाहट र थकान भएकोले घटना हुन गएको बताएका थिए। प्रकाशलाई सुनाइएको सजाय अनुसार, उनले अब एज्ड केयर क्षेत्रमा काम गर्न पाउने छैनन्।

ती वृद्धकी छोरीले प्रकाश पौड्यालले आफ्ना बुवालाई पिट्ने गरेको शंका लागेपछि कोठामा लुकाएर क्यामेरा फिट गरेकी थिइन्, जसले गर्दा घटना बाहिर आएको हो। वृद्धलाई जुत्ताले हान्ने, कपडा तान्ने, धक्का दिने गरिरहेको भिडियो बाहिरिएपछि उनी गत सेप्टेम्बरमा पक्राउ परेका थिए।

गत सेप्टेम्बरमा बुपा अन्तर्गत उत्तरी सिड्नी क्षेत्रको नर्सिङ होमस्‌मा कार्यरत ३६ वर्षिय पौडेलले ८२ वर्षिय वृद्धमाथि हातपात गरेका भिडियो सार्वजनिक भएको थियो। यद्यपी पौडेलले चार महिनापछि बेलका लागि आवेदन दिन सक्नेछन्।

प्रकाशित: १० माघ २०७५ ०२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App