‘वृद्धभत्ता पाँच हजार पुग्छ’

बिहिबार, १० माघ २०७५, ०६ : ३१ नागरिक

हेटौँडा – नेकपाका नेता एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताएका छन्। पार्टीको तल्लो तहमा देखिएको नैरास्यता र त्यसबाट सृजित क्षतिलाई पूर्ति गर्नेगरी अभियान पनि थालिने उनले बताए।

बुधबार नेकपा मकवानपुरद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा कार्यवाहक प्रधानमन्त्रीसमेत रहनुभएका पोखरेलले उक्त धारणा राखेका हुन्। उनले कानूनी तथा संरचनागतरुपमा सरकार अप्ठ्यारो परिस्थितिबाट गुज्रनुपरेको बताउँदै कानून अभावमा कर सङ्कलनलगायत थुप्रै गाँठा फुकाउन समस्या परेको प्रसंग समेत उल्लेख गरे। नेता पोखरेलले सामाजिक सुरक्षाभत्ताका सम्बन्धमा सरकारले पार्टीको घोषणापत्रअनुसार नै अघि बढ्ने धारणा राखे। “वृद्धभत्ता पाँच हजार पुग्छ”, उनले भने।

देश निर्माणको मिसनमा लागेको कार्यकर्ताले आफूलाई होइन विधिलाई केन्द्रमा राख्नुपर्ने उनको धारणा थियो । नेकपा नेता तथा प्रदेश सभासदस्य मुनु सिग्देलले हेटौँडालाई नै स्थायी राजधानी तोक्न पहल गरिदिन अनुरोध गरेपछि नेता पोखरेलले राजधानीको विषय प्रदेशसभाको अधिकार भएको बताए।(रासस)







यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

गुगलले एन्ड्रोइडको नयाँ लोगो सार्वजनिक गरेको छ ! ...

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad