८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाल र भियतनामका प्रधानमन्त्रीबीच भेटवार्ता

स्वीट्जरल्याण्ड -  विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुने सिलसिलामा स्वीट्जरल्याण्डमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भियतनामी प्रधानमन्त्री हुअन सुअन फुकले बुधबार भेटवार्ता गरेका छन्। 

भेटवार्ताका क्रममा प्रधानमन्त्रीद्वयबीच पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा सहयोग विस्तार गर्नेबारेमा छलफल भएको परराष्ट्र सचिव शङ्करदास वैरागीले बताए। भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र परराष्ट्र सचिव शङ्करदास वैरागीको उपस्थिति रहेकाे थियो।रासस 

प्रकाशित: ९ माघ २०७५ १३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App