coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सिन्धुलीमा व्यवसायिक गाँजा खेती, १ सय २१ विगाहामा नष्ट गरियाे

गाँजा नष्ट गर्दै प्रहरी। तस्बिर : अनिल/नागरिक

सिन्धुली - यस बर्ष सिन्धुलीमा ठुलो परिमाणको गाँजा खेती प्रहरीले नष्ट गरेको छ। केहि वर्ष अगाडीबाटै व्यवसायिक रुपमा खेती हुँदै आएको गाँजा यस वर्ष जिल्ला प्रहरी कार्यालयको सक्रियतामा फडानी भएको हो।

कार्तिक अन्तिम साता देखि पौष २९ गतेसम्म जिल्लामा १ सय २१ विगाहा जमिनमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको हो। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कपिलाकोटले यहाँको विभिन्न स्थानमा ठुलो क्षेत्रफलमा लगाइएको गाजा खेती नष्ट गरेको छ। मरिण गाँउपालिका र हरिरपुरगढी गाँउपालिकाका विभिन्न वडामा व्यवसायिक रुपमा खेती गरिएको गाँजा प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गत कार्तिक अन्तिम साता देखि मंसिर पहिलो साता सम्ममा झन्डै ६० विगाहा क्षेत्रफलमा लगाइएको गाजा खेती नष्ट गरिएको थियो भने हाल प्रहरीले थप ६१ विघामा लगाइएको गाँजा खेती नष्ट गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वरप्रसाद यादवको सक्रियतामा ठुलो क्षेत्रफलमा लगाइएको गाँजा नष्ट भएको हो।

यस अघि पनि सिन्धुलीका केहि क्षेत्रबाट थोरै जग्गामा लगाइएको गाँजा प्रहरीले फडानी गर्ने गरेको भएपनि यस वर्ष ठुलो क्षेत्रफलमा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ। 'सम्भवत यो वर्ष देशकै सबैभन्दा ठुलो क्षेत्रफलमा लगाइएको गाँजा प्रहरीले फडानी गरेको छ', जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी रामेश्वरप्रसाद यादवले भने, 'म सिन्धुली जिल्लामा आएपछि गाँजा खेती हुने क्षेत्रको पहिचान गरि एक साता लामो अनुसन्धान गरेर गाँजा फडानी गर्न सफल भयौं।' 

प्रकाशित: ९ माघ २०७५ १०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App