coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सरकारी उद्योग भर्ती केन्द्रः मुरारका

सिरहा– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले सरकारको स्वामित्वमा रहेका उद्योग कार्यकर्ता भर्ती केन्द्र बनेको बताएका छन्। उद्योगको विकास गर्नुभन्दा पनि कार्यकर्ता भर्ती बनाएकाले सरकारी उद्योग टाट पल्टेको उनको टिप्पणी छ।

रामनगर मिर्चैया उद्योग वाणिज्य संघको पदस्थापना कार्यक्रममा अध्यक्ष मुरारकाले भने,‘उद्योग सरकारले संचालन गर्नु हुँदैन। सरकारले उद्योग मैत्री वातावरण बनाइदिने हो, उद्योग त उद्योगीले चलाउने हो ।’

मुलुकमा अहिलेपनि उद्योगमैत्री वातावरण निर्माण हुन नसकेको बताए। बन्द, हडताल, लोडसेडिङलगायतका विभिन्न समस्याका कारण उद्योग धारासायी बन्दै गएको उनले जनाए। ‘समस्यालाई अवसरको आँखाले हेर्दै उद्योगीहरु मुलुकको विभिन्न क्षेत्रमा लगानी गरेका छन्,’ उनले भने, ‘तर सरकारले लगानी सरक्षित हुने वातावराण अझै बनाउन सकेको छैन।’  औद्योगिक क्षेत्रमा बन्द, हडताल र लोडसेडिङको प्रभाव हटाउन सके देश बाहिरका उद्योगीकालागि नेपाल अवसरको खानी बन्न सक्ने उनले जनाए।
    

 

प्रकाशित: १८ आश्विन २०७३ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App