८ वैशाख २०८१ शनिबार
समाज

चट्याङ लागेर ६ जना घाइते

रुकुम – रुकुम (पश्चिम)मा चट्याङ लागेर ६ जना घाइते भएका छन्। बुधबार बिहान जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका–३, माछिमिका जीतबहादुर ओलीको घरमा चट्याङ पर्दा ४ बालबालिका सहित दुई महिला घाइते भएको प्रहरीले जानकारी दिएको छ।

बिहान करिब ६ बजे परेको चट्याङ लागेर जीतबहादुरकी २८ बर्षीया श्रीमती कमला, उनका ११ वर्षीय छोरा चिन्तन, ७ वर्षीय मनन, जितबहादुरकी भाइबुहारी २५ वर्षीया समिता ओली र समिताका ९ वर्षीया छोरी दुर्गा, ७ वर्षीय छोरा दिपेश घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए।

घाइते सबैको अवस्था  सामान्य रहेको छ। घाइतेहरूको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ। चट्याङको कारण जितबहादुरको ६ कोठे घरमा समेत क्षति पुगेको प्रहरी निरीक्षक क्षेत्रीले बताए।

प्रकाशित: ९ माघ २०७५ ०६:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App