coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ओखलढुंगामा हिमपात, पठनपाठनमा समस्या

ओखलढुंगा – ओखलढुंगामा हिमपात भएको छ। बुधबार बिहानैदेखि जिल्लाको माथिल्लो भेगमा हिमपात भएको हो। सिद्धिचरण नगरपालिका–६ जन्तरखानीको ठाँडेडाँडा, खिजिदेम्बा गाउँपालिकाको खिजिफलाटे, पात्ले, काती, रावादोलु, भुसिंगा लगायतका माथिल्लो क्षेत्रमा हिमपात भएको छ।

हिमपात भएसँगै बडेको चिसोका कारण स्थानीयको जनजीवन कष्टकर बनेको छ। विद्यालयमा विद्यार्थीलाई पठनपाठन गराउन समेत समस्या भएको ग्रेस एकेडेमी ठाँडेका अध्यक्ष हरिकुमार मगरले बताए। ठाँडे, पत्ताले क्षेत्रको सडकमा हिउँ जमेका कारण ओखलढुंगा–सोलुखुम्बु चल्ने सवारी साधन आवगमनमा समस्या भएको छ।

लामो समयपछि परेको हिउँले आफ्नो खेतबारीमा लगाइएको गहुँ, जौँ, लगाएतका बाली राम्रो हुने भन्दै कृषकहरु भने उत्साहित भएका छन्। हिउँ परेको क्षेत्रमा हिउँ खेल्न जानेहरूको संख्या बढेको छ।

प्रकाशित: ९ माघ २०७५ ०५:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App