coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

वैदेशिक रोजगारीमा जानेले पाउने डलर सटही सुविधा घट्यो

काठमाडौं – श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीले अधिकतम दुई सय अमेरिकी डलरमात्रै सटही सुविधा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गर्दै एकीकृत परिपत्र २०७४ को बुँदा १ को खण्ड (ख) को ३ संशोधन एवं परिमार्जन गरेर नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

संशोधित परिपत्र अनुसार सरकारबाट अनुमति लिएर अब वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले दुई सय डलर राहदानीमार्फत सटही गर्न सक्नेछन्। यसअघि वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले पाँच सय अमेरिकी डलर सटही गर्न पाउँथे। मुलुकमा परिवत्र्य विदेशी मुद्रा अमेरिकी डलरको सञ्चिति घटेपछि सरकारले विदेश जाने नेपालीलाई डलर सटहीमा कटौती गरेको हो।

चालु आर्थिक वर्षको पाँच महिनामै विदेश जाने नेपालीले ४१ अर्ब  ३३ करोड रुपैयाँ बराबरको अमेरिकी डलर लगेपछि राष्ट्र बैंकले सटही सुविधामा कटौती गरेको हो। गत आइतबार मात्र राष्ट्र बैंकले शिक्षा, आप्रवासन, स्वास्थलगायत प्रयोजनका लागि अमेरिकी डलर पाँच हजारभन्दा बढी माग गर्ने नेपालीले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था गरेको थियो।

चालु आर्थिक वर्षमा मुलुकमा विदेशी मुद्राको सञ्चिति घट्दै गएको र चालु खाता पनि अघिल्लो वर्षको तुलनामा बढेपछि सरकारको आर्थिक सल्लाहकार राष्ट्र बैंकले डलर सटही सुविधामा भारी कटौती गरेको गर्दै गएको छ। राष्ट्र बैंकले यसअघि कुनै पनि नेपाली नागरिकलाई भारतबाहेक तेस्रो मुलुक जाँदा दुई हजार पाँच सय अमेरिकी डलर दिने गथ्र्यो। त्यसलाई कटौती गर्दै अहिले कुनै पनि व्यक्तिले नगदमा एक हजार पाँच सय अमेरिकी डलरभन्दा बढी सटही सुविधा पाउने व्यवस्था गरेको छ।

राष्ट्र बैंकले नगद सुविधा बाहेक टिटी सुविधा पनि घटाएको छ। यसअघि ४० हजार अमेरिकी डलरको टिटी सुविधा घटाएर ३० हजार कायम गरेको छ। डलर सञ्चितिमा कमी आएका कारण सटही सुविधा कटौती गर्न राष्ट्र बैंक बाध्य एको हो। राष्ट्र बैंकका अनुसार असार महिनासम्ममा १० अर्ब आठ करोड अमेरिकी डलर राष्ट्र बैंकमा सञ्चिति थियो। मंसिर महिनासम्म ७.९ प्रतिशतले डलर सञ्चिति घटेर नौ अर्ब २९ करोडमा आएको छ।
राष्ट्र बैंकको यो व्यवस्थाले विदेश जाने सर्वसाधारणलाई भने समस्यामा पार्नेछ। विदेशमा नगद जस्तो सजिलो अन्य उपकरण नहुने भएकाले नेपालीले नगदै लैजान खोज्छन्।   
 

प्रकाशित: ९ माघ २०७५ ०५:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App