८ वैशाख २०८१ शनिबार
खेल

जितसँगै भारतलाई शृंखला

कोलकाता–भारतले सोमबार दोस्रो टेस्ट क्रिकेटमा न्युजिल्यान्डलाई १ सय ७८ रनले हराउँदै शृंखला जितेको छ । जितसँगै भारत टेस्ट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।

भारतीय बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि ३ सय ७६ रनको विजय लक्ष्य पछ्याएको न्युजिल्यान्ड चौथो दिनमै १ सय ९७ रनमा अलआउट भएको थियो । भारतका मोहम्मद सामी, रविचन्द्रन अश्विन र रवीन्द्र जडेजाले दोस्रो इनिङमा ३–३ विकेट लिए ।

अन्तिम विकेटका रूपमा सामीले ट्रेन्ट बोल्टलाई आउट गरेपछि भारतले ३ खेलको शृंखलामा २–० को अग्रता लिएको हो । कानपुरमा भएको पहिलो टेस्ट पनि भारतले १ सय ९७ रनले जितेको थियो ।  जितसँगै भारत अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को टेस्ट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । भारत चिरप्रतिद्वन्द्वी पाकिस्तानभन्दा १ अंकले अघिछ ।

सामी र भुवनेश्वर कुमार मिलेर १२ विकेट लिए । पहिलो इनिङमा ५ विकेट लिएका भुवनेश्वरले दोस्रो इनिङमा १ विकेट लिए । सामीले पहिलो र दोस्रोमा ३–३ विकेट लिए । जडेजा र अश्विनले पहिलो इनिङमा १–१ विकेट लिएका थिए । तर पहिलो र दोस्रो दुवै इनिङमा अविजित अर्धशतक बनाएका ऋद्धिमन शाह म्यान अफ दी म्याच भए । शाह दुवै इनिङमा अविजित रहे । उनले ५४ र ५८ रन बनाएका थिए ।
भारतले २२७–८ को स्थितिबाट चौथो दिनको खेल सुरुगरेको थियो । थप ३६ रन जोड्दा भारतले सबै विकेट गुमायो । न्युजिल्यान्डका नेल वाग्नर र बोल्टले विकेट लिएका थिए ।

न्युजिल्यान्डका टोम लाथमले सबैभन्दा धेरै ७४ रन जोडे । मार्टिन गुप्टिल र हेनरी निकोलसले समान २४ रन बनाए । ल्युक रोन्चीले ३२ र म्याट हेनरीले १८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
चोटका कारण भारतीय ओपनर शिखर धवनले तेस्रो टेस्ट गुमाउने भएका छन् । ३० वर्षे धवनको दायाँ हातको बुढी औंलामा चोट लागको हो ।

 

प्रकाशित: १८ आश्विन २०७३ ०३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App