८ वैशाख २०८१ शनिबार
खेल

स्पर्श र अद्रित फाइनलमा

जयकर स्मृति राष्ट्रिय जुनियर टेनिसको यु–१० गल्र्स सिंगल्समा कर्मिस्ठा श्रेष्ठविरुद्ध प्रतिस्पर्धा गर्दै समृद्धि महर्जन। तस्बिर : नागरिक

काठमाडौं – स्पर्श तिमिल्सिना र अद्रित नेपाल १६औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन्।

त्रिपुरेश्वरस्थित टेनिस कोर्टमा भएको यु–९ ब्वाइज सिंगल्सको सेमिफाइनलमा स्पर्शले सम्खाहाङ राईलाई ४–२ र ५–३ तथा अद्रितले हिमेशराज गिरीलाई ४–१ र ४–० को सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त तय गरे। सोही स्पर्धाको गल्र्समा नाला मास्केले साम्राज्ञी लामालाई ४–२, ३–५ र १०–७ तथा प्राज्णा मानन्धरले युरन जियाङलाई ४–० र ४–० ले हराउँदै उपाधि भिडन्त पक्का गरे।

यु–१२ ब्वाइज सिंगल्समा प्रणव मानन्धरले जेड आलेमगरलाई ६–४ र ६–२, श्लोक कजेर खड्काले सक्षमकुमार गुप्तालाई ६–० र ६–०, आयुष्मानहजुर घलेले वेदाङ गौतमलाई ६–० र ६–०, राजवीर प्रधानले निशाद जोशीलाई ६–१ र ६–०, सक्षमविक्रम शाहले बोरिस अधिकारीलाई ६–० र ६–१, सरोज तामाङले सृजन भट्टराईलाई ६–० र ६–०, रुसात अरोराले शाश्वत वज्राचार्यलाई ६–२ र ७–५ तथा ऋद्भिक कार्कीले निश्चल कायस्थलाई ६–४ र ६–३ को सीधा सेटमा पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

यु–१० गल्र्स सिंगल्समा समृद्धि महर्जनले कर्मिष्ठा श्रेष्ठलाई ६–१ र ६–४, अर्निका थापाले आर्या भर्गिसलाई ६–१ र ७–५, शैवी ढकालले आइसानी बटाजुलाई ६–० र ६–१ तथा प्रतिष्ठा लामाले नाला मास्केलाई ६–२ र ६–० ले पन्छाउँदै क्वार्टरफाइनलमा स्थान बनाए। यु–१२ गल्र्स सिंगल्समा प्रशंसा मोक्तानले अर्निका थापालाई ६–० र ६–० तथा इभा अधिकारीले प्रतिष्ठा लामालाई ६–१ र ६–१ को सोझो सेटमा निराश पार्दै सेमिफाइनल यात्रा तय गरे।

ब्वाइज डबल्समा जेड आलेमगर र सौगात विक, प्रीतम परियार र आयुष्मानहजुर घले तथा चिराग तिमिल्सिना र राजवीर प्रधानको जोडी आआफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भए।

प्रकाशित: ९ माघ २०७५ ०४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App