८ वैशाख २०८१ शनिबार
खेल

पारस, ज्ञानेन्द्र र शरद रुस्लानको ब्रान्ड एम्बेसडर

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र अलराउन्डर शरद भेषावकरलाई मंगलबार रुस्लानले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

केही समययता नेपाली खेलकुदलाई सहयोग गर्दै आएको कम्पनी रुस्लानले पारस, ज्ञानेन्द्र र शरदलाई एक वर्षका लागि सम्झौता गरेको हो। एक वर्षको उक्त सम्झौतामा नेपाली टोलीका मुख्य खेलाडीले मुख्यतः क्रिकेटको विकासमा केन्द्रित रही देशको क्रिकेट विकास र प्रचारमा योगदान गर्नुपर्नेछ। पारस, ज्ञानेन्द्र र शरदलाई रुस्लानसँग जोड्न पाएकोमा निकै खुसी छाैं। खेलकुद क्षेत्रमा लागेर नेपाललाई विश्वसामु चिनाउन सफल खेलाडीहरूले देशको क्रिकेट विकासमा पनि ठूलो भूमिका निर्वाह गर्ने जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले अपेक्षा गरे।

नेपालकै मुख्य खेल फुटबल र क्रिकेटसँग रुस्लानले लामो समयदेखि सहकार्य गर्दै आएको र भविष्यमा पनि अझै विकास गर्न यसले पूर्ण समर्थन गर्ने जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका कार्यकारी निर्देशक शशिन जोशीले बताए। ‘विश्वास, उत्कृष्टता र दृढता नेतृत्वका आधार हुन्,’ कार्यकारी निर्देशक शशिनले भने, ‘खेलकुदको क्षेत्रमा रुस्लानले आफूलाई दरिलो रूपमा प्रस्तुत गर्दै आएको छ।’

प्रकाशित: ९ माघ २०७५ ०३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App