coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मूर्ती चोर्नेविरुद्ध मुद्दा

बाजुरा-बडिमालिका मन्दिरबाट मूर्ती चोरेको आरोपमा प्रहरीले मुद्दा दर्ता गराएको छ। कालिकोट गाविस रुप्सा १ बस्ने ४२ वर्षका पार सहकारी विरुद्ध जिल्ला अदालतमा शुक्रबार मुद्दा दर्ता गरेको हो।
बडिमालिका मन्दिरबाट बुहमूल्य घण्ट र शिवको मूर्ती चोरेको भन्दै शुक्रबार जिल्ला अदालतमा मुद्दा दायर गरेको प्रहरी नायव निरीक्षक कृष्ण खड्काले बताए । सहकारीले जेष्ठ ३० गते बडिमालिका मन्दिरबाट चोरी गरेको प्रहरीको भनाई छ।
१ सय २ वटा घण्ट र १ वटा शिवको मूर्ती सहीत सहकारीलाई असार ५ गते प्रहरीले पक्राउ गरेको थियो। स्थानीयको आशंकाको आधारमा प्रहरीले अनुसन्धान थालेपछि कालिकोटबाट पक्राउ परेका हुन्।
चोरीमा संलग्न सहकारीलाई बिहिबार जिल्ला प्रहरी कार्यालयमा पुर्याईएको थियो । प्रहरील मुद्दा दायर गरे लगत्तै अदालतले अनुसन्धानका लागि ७ दिनको म्याद थपेर हिरासदमा राख्न आदेश दिएको छ। उनले मन्दिर क्षेत्रमै गएर चोरी गरेको प्रहरीको दाबी छ । उनी विरुद्ध पुरातात्विक बस्तु चोरी अन्तरगतको मुद्दा आकर्षण हुने देखिन्छ।

 

प्रकाशित: ११ असार २०७३ ०८:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App