निर्मला हत्या प्रकरणमा बम दिदीबहिनी निर्दोष : प्रहरी प्रवक्ता सुवेदी

मङ्गलबार, ०८ माघ २०७५, २० : ०० नागरिक

काठमाडौं– नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले निर्मला पन्त हत्या प्रकरण संगठनको लागि पनि प्रतिष्ठाको विषय भएकोले उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेको स्पष्ट पारेका छन्। 

मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै सुवेदीले निर्मला हत्या प्रकरणमा आजको मितिसम्म संगठनलाई कुनै पनि राजनीतिक दबाब नआएको पनि स्पष्ट पारे। यो प्रकरणमा राजनीतिक दबाब आएको थियो भनेर खाली हल्लाको भरमा भन्न नहुने उनको धारणा छ। 

प्रहरीको ‘डिएनए–टेष्ट’मै आशंका भनेर बाहिर कुराहरु आएका छन् नि भनेर सोधिएको प्रश्नमा उनले भने, ‘मैले पनि मिडियामा पढेको छु, हाम्रो विशेषज्ञहरु र केही हामीले कन्सल्ट गर्दाखेरि उहाँहरुले त्यस्तो कुरा होइन भन्नुहुन्छ। यो टेक्निकल विषय भएकोले कुरा उठेको छ, यसमा नेपाल प्रहरी पनि एकदम सिरियश छ। डिएनए टेष्ट भनेको नेपालको लागि कमन–प्राक्टिस होइन। जुन कुरा कमन हुन्छ, त्यसमा धेरै कुरामा अगाडि बढिसकेको हुन्छ। कतिपय कुराहरु सिक्नु पनि पर्ने हुन्छ। टेक्नोलोजीको कुराहरु, कतिपयले त्यो मेशिन नै ठिक हो कि होईन भन्ने कुरा उठाईदिन्छन्। हामीले पनि सम्बन्धित् विशेषज्ञहरुको राय लिएका छौं। यो समयसम्म भन्नुपर्दाखेरि त्यस्तो ईक्युपमेन्टमा फल्ट, अथवा त्यसमा केमिकलमा फल्ट, तर अन्य हिसाबले प्रमाणित भएको अवस्था छ।’

प्रवक्ता सुवेदीले निर्मला हत्या प्रकरणमा नाम मुछिएका बम दिदीबहिनी निर्दोष रहेको पनि स्पष्ट पारे। उनले भने, ‘नेपालको प्रचलित कानून र संविधानले पनि कानुनबमोजिम प्रमाणित नहुेन्जेलसम्म उसलाई दोषी भन्न मिल्दैन्। मलाई त कहिलेकाहीँ दुःख लाग्छ, यी कुराहरु नआईदिएको भए हुन्थ्योजस्तो लाग्छ। नेपाल प्रहरीको प्रवक्ताको हैसियतले मैले भन्दाखेरि निजहरुको विरुद्धमा कुनै प्रमाण अथवा अदालतले दोषी करार नगरुञ्जेलसम्म उहाँहरु निर्दोष हुन।’

प्रवक्ता सुवेदीले भूमिगत सशस्त्र समूहको नाममा हिजोको अवस्थामा हुने गरेका हत्या, हिंसा, बम विस्फोटन, जबरजस्ती चन्दा संकलन, अपहरणजस्ता घट्नाहरु प्रहरीको सक्रियताले अहिले न्यूनिकरण भएर लगभग जिरोको अवस्थामा रहेको दाबी गरे। 

सुवेदीले समग्र रुपमा देशमा अहिले बन्द, हड्ताल, जातीय तथा क्षेत्रिय हिंसा अथवा अन्य कुनैपनि किसिमले अराजकताको अवस्था नरहेको जिकिर गरे।

बमजनमाथि अनुसन्धान जारी छ

फरक प्रसंगमा उनले तपस्वी रामबहादुर बमजन प्रकरणबारे पनि प्रहरीले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत अनुसन्धान गरिरहेको जानकारी दिए। उनले भने, ‘मकवानपुर, सर्लाही, नुवाकोट, बारामा निवेदनहरु परेको छ। पाँच जना मान्छेहरु बेपत्ता भएको सम्बन्धमा। यसमा मिडियाबाट पनि हामीलाई सहयोग भएको छ। प्रहरीले अहिले अनुशन्धान गरिरहेको छ।’ यो प्रकरणमा अनुसन्धानको घेरा अझै केही समय विस्तृत भएर जाने देखिएको पनि उनले बताए। 

३३ केजी सुन प्रकरणपछि अहिले ठाउँ–ठाउँमा सुन समातिने क्रमहरु देखिरहेको सुनाउँदै यसमा प्रहरीको सक्रियताको ठूलो भूमिका रहेको सुवेदीले बताए। 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad