८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

सबै पाकिस्तानी नेता शरीफको पक्षमा, भारतलाई झड्का

इस्लामाबाद–पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले कश्मिरी स्वतन्त्रता आन्दोलन भारतको क्रुरताले नरोकिने बताएका छन्। उनले कश्मिर मुद्दामा पाकिस्तानी नेतृत्व एकमत रहेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। सोमबार भएको उच्चस्तरीय सर्वदलीय बैठकमा  प्रधानमन्त्री शरीफले भने, ‘ आत्मनिर्णयको अधिकारकालागि कश्मिरको आन्दोलन जायज र संयुक्त राष्ट्रसंघको प्रस्ताव अनुसार छ।’

उनले पाकिस्तान र कश्मिर अलग हुन नसक्ने जिकिर गर्दै पाकिस्तान र कश्मिर अविभाज्य रहेको भन्दै थपे, ‘हामी सबै अन्तर्राष्ट्रिय मञ्चमा कश्मिरी जनताको दुर्दशाको मुद्दा उजागर गर्न कुनै करस बाँकी राख्दैनौं।’ राष्ट्रसँग जोडिएको मुद्दामा सबै पाकिस्तानी एक एकजुट रहेको उनले जनाए।
बैठकमा विदेश सचिव एजाज अहमद चौधरीले पाकिस्तान शान्तिको पक्षमा रहेको उल्लेख गर्दै कश्मिरसहित सबै द्विपक्षीय मुद्दामा भारतसँग वार्ता गर्न तयार रहेको बताए। उनले भारतले दाबी गर्दै आएको नियन्त्रण रेखा नजिक सिर्जकल स्ट्राइक झुटो भएको बताए।

उनले १८ सेप्टेम्बरमा कश्मिरको उरीमा सेनाको शिविरमा भएको आतंकवादी आक्रमणमा पाकिस्तानको हात रहेको भनाइको खण्डनसमेत गरे। उरी आक्रमणमा भारतीय सेनाका १९ जवानको मृत्यु भएको थियो। सो सर्वदलीय बैठकमा सबै दलका संसदीय दलका नेताले कश्मिर मुद्दा र भारतीय योजना विरुद्ध सबै दल एकजुट हुनुपर्ने बताएका थिए।

 

प्रकाशित: १८ आश्विन २०७३ ०२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App