८ वैशाख २०८१ शनिबार
समाज

संघीय मामिला मन्त्रालयको गाडीमा ढुंगा प्रहार

काठमाडाैं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव लक्ष्मी निरौला चढेको गाडीमा ढुंगा प्रहार भएकाे छ।

नयाँ बानेश्वरको संसद भवन अगाडि उभिएकाे एक समूहले सो गाडी तोडफोड गरेका हुन। संसद भवन अगाडी हुल हुज्जत गरी बसेका एक समूले सरकारी गाडी देख्ने वित्तिकै ढुंगा प्रहार गरेका थिए।

पहिलो पटक प्रहार गरिएको ढंगाले सिसा नफूटेपछि पुन ढुंगा प्रहार गरी सिसा फूटाइएको र आफू्लाई समेत सिसको टुक्राले लागेको उसपसचिव निरौलाले बताए।

उनका अनुसार कार्यालय समयपछि गाडी लोकन्थली जाँदै थियो। हाल सो गाडीलाई मन्त्रालयकै परिसरमा राखिएको छ।

प्रकाशित: ८ माघ २०७५ १३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App