coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गोंगबुमा हतियारसहित एक पक्राउ, प्रहरीद्वारा गोली प्रहार

काठमाडौं- हतियार खोज्दै गएको प्रहरीले एक जनालाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले राजधानीको गोंगबुमा हतियार कारोबारीको आशंकामा पक्राउ गर्न खोज्दा गोली चलाएको हो।

गाेंगबुको एक होटलमा बसेर हतियारको डिल गरिरहेका अभिनाश लामालाई डिएसपी होविन्द्र बोगटीको टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि पेस्तोल तेस्र्याएपछि उनलाई प्रहरीले घुडामुनी गोली प्रहार गरेको परिसरका प्रमुख एसएसपी बसन्त लामाले बताए। घुँडामा गोली लागेका अभिनाशको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

हतियारको कारोबार भइरहेको सूचनाका आधारमा गाेंगबु मित्रनगरमा रहेको होटल लक प्राइभेट लिमिटेडमा प्रहरी पुगेको थियो। प्रहरीले उनको साथबाट अटोमेटिक पेस्तोल र लोड भएको ६ राउण्ड गोली बरामद गरेको छ।

प्रकाशित: ८ माघ २०७५ ११:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App