काठमाडौं– चिकित्सा शिक्षा विधेयक जबरजस्ती अघि बढाउन खोजेपछि प्रतिनिधिसभाको बैठकमा तनावको सिर्जना भएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच आज दोस्रोपटक बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले शिक्षा तथा विज्ञान मन्त्री गिरिराजमणी पोखरेललाई शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक छलफलका लागि प्रस्तुत गर्न अनुमति दिएका थिए।
कांग्रेसका सांसदले रोष्टम घेराउ गरी नाराबाजी गर्दा समेत सभामुखले विधेयक प्रस्तुतिको अनुमति दिएपछि रोष्टतिर जान खोजेका शिक्षामन्त्री पोखरेललाई घेरा हालेर अवरोध गरेका थिए। २/३ मिनेटको घम्साघम्सी चल्दा पनि शिक्षा मन्त्री रोष्टममा पुग्न सकेनन्। अन्ततः सभामुख महराले पुनः १५ मिनेटका लागि बैठक स्थगित गरे।
यसअघि आजको पहिलो बैठक पनि कांग्रेसको अवरोधका कारण १५ मिनट स्थगित भएको थियो। आफ्ना नेताको नाममा रहेको अस्पताललाई सरकारले वेवास्ता गरेको भन्दै कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ।
सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...
स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...
रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...
सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...
एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् ! ...
यसमा तपाईको मत