coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

जुनार र सुन्तला चीन निर्यात हुन सकेन

विपी राजमार्गस्थित खनियाखर्कमा बिक्रीका लागि राखिएको जुनार । तस्बिर : अनिल/नागरिक

सिन्धुली – नेपालको जुनार चीन निर्यात हुनबाट बञ्चित भएको छ। २०६९ सालमा नेपाल सरकार र चिनिया सरकारबीच नेपालका सुन्तला जातका फलफूल चिनिया सरकारले खरिद गर्ने सम्झौंता भएको थियो। तर, हालसम्म पनि जुनार सुन्तला चाइना जान सकेको छैन्।

चीन सरकारको गुणस्तर सुपरिवेक्षण निरीक्षण र क्वारेन्टाइन सम्बन्धी सामान्य प्रशासन तथा नेपाल सरकारको कृषि बिभागबीच सन् २०१२ मा नेपालबाट चीनतर्फ सुन्तला जातका फलफूल निर्यातका लागि सम्झौता भएको थियो। तर, सम्झौता भएको वर्षौ बित्दा समेत नेपालका जुनार, सुन्तला चीन गएको छैन। विशेष गरि सिन्धुलीको जुनारलाई चीन पठाउन सरकारले यस्तो सम्झौता गरेपनि सम्झौतामै त्रुटी भएकाले हालसम्म जुनार चीन पठाउन नसकिएको हुनसक्ने विज्ञहरू बताउँछन्।

सम्झौता पत्रमा जुनार सुन्तलाको बगैंचा नै रोग किरामुक्त हुनुपर्छ भन्ने उल्लेख भएकाले बगैंचा नै रोग किरामुक्त हुन नसक्ने किसानहरू बताउँछन्। उत्पादित फलफूल किरा तथा शत्रु मुक्त उत्पादन गर्न सकिन्छ तर, बगैचाका रुख विरुवा नै शत्रु मुक्त हुन नसक्ने भएकाले जुनार चीन निर्यात हुन नसकेको हुन सक्ने जुनार विकास संघ सिन्धुलीले जनाएको छ।

सम्झौता नै हचुवामा भएका देखिन्छ, जुनार विकास संघका केन्द्रीय अध्यक्ष दिपक कोइरालाले भने, सानो त्रुटिले सिन्धुलीको जुनार चाइनामा निर्यात हुन सकेन। उनका अनुसार सम्झौता गर्दा रोग किरामुक्त फल हुनुपर्ने भनिएको भए सहजै निर्यात हुन्थ्यो तर, जुनार बगैंचानै रोग किरामुक्त हुनुपर्ने भनिएकाले पहाडी क्षेत्रको बगैंचा रोग किरामुक्त गराउन कठिन हुने भएकाले सम्झौता भएको ६ वर्षसम्म पनि जुनार चीन जान सकेको छैन्।

सम्झौताको चरणमा सानो त्रुटिले गर्दा हालसम्म जुनार चीन पठाउँन सकिएन, उनले भने, बगैंचा रोग मुक्त हुँदैन उत्पादित फलचाहि रोग किरा मुक्त भनेर सम्झौता सच्याउन सके जुनार पठाउँन सकिन्छ। उनले सरकारले नितिगत तहबाटै यो बुदा सच्याएमा सहजै जुनार चीन जाने बताए। सुन्तला जातको बगैंचा अनुगमन गरिने र विभिन्न सात प्रकारका रोग किरा मुक्त बगैंचा हुनुपर्ने उल्लेख गरिएको छ। 

तत्कालिन सम्झौतामा भनिए अनुसार सुन्तला जातको फलफूलको बगैचा अनुगमन गरिने छर विभिन्न सात प्रकारका क्वारेन्टाइन बाली शत्रुहरूबाट मुक्त भेटिनुपर्नेछ। यदि तिनीहरूमध्ये कुनै बाली शत्रुहरू भेटियो भने सम्बन्धित बगैंचाहरू उक्त सिजनको निम्ति चीनमा सुन्तला जातका फलफूल निर्यात गर्न प्रतिबन्धित हुनेछन्। सम्झौता पत्रमै यसरी बगैचानै शत्रुमुक्त हुनुपर्ने भनिएपछि सिन्धुलीको जुनार चीनमा जान नसकेको हुनसक्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना(जुनार सुपर जोन) का कार्यालय प्रमुख देवराज अधिकारी बताउँछन्।

सम्झौतामा बगैंचानै रोग किरा मुक्त हुनुपर्ने भनिएपछि पहाडी जिल्लाका बगैंचामा त्यो सम्भव हुन सकेन, उनले भने, त्यसैले हालसम्म चीनमा जुनार सुन्तला निर्यात भएको छैन। चीनमा जुनार निर्यात गर्नका लागि नमुना समेत पठाइएको थियो। जुनार निर्यात गर्न सहमति हुँदा समेत सामान्य त्रुटिका कारण सम्झौता अनुसारको फल चिनमा निर्यात गर्न नसकिएको हो।

प्रकाशित: ८ माघ २०७५ ०९:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App