coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुदूर पहाडी जिल्लामा भारी हिमपात, सवारी साधन संचालनमा कठिनाई

डडेल्धुरा – डडेल्धुरा लगायत सुदुरपश्चिमका पहाडी जिल्लामा गएराती देखि हिमपात सुरु भएको छ।  डडेल्धुरा सहित सुदुरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लामा हिमपातका कारण अत्याधिक चिसो समेत बढेको छ।

पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला लगायतका जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो। गएरातीबाट पानी परेसँगै आज बिहानदेखी हिमपात सुरु भएको हो। डडेल्धुरा सदरमुकाममा आज बिहान ५ बजेदेखी हिमपात सुरु भएको छ। उच्च लेकाली भागमा राति नै हिमपात भएको हो। 

भिमदत्त राजमार्गको साहुखर्क, हगुल्टे, गैरा लगायतका क्षेत्रमा भारी हिमपातपछि सवारी साधन संचालनमा कठिनाई आएको छ। हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन्। एक्कासी बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन्।

लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका पहाडी भेगका किसानलाई भने हिमपातले धेरै राहत पुर्याएको छ। हिउँ जम्न थालेका कारण दैनिक जनजीवन कष्टकर बन्दै गएको छ। बाक्लो हिउँ परेसँगै यहाँका गाउँघर सेताम्य बनेपछि किसानहरू भने खुशी भएका छन्।

प्रकाशित: ८ माघ २०७५ ०८:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App