७ वैशाख २०८१ शुक्रबार
कला

रवि र निकिताको ‘पेपर म्यारिज’

काठमाडौं – चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र पत्रकार रवि लामिछानेले ‘कानुनी विवाह’ गरेका छन्। उनीहरूले सोमबार काठमाडौं जिल्ला अदालतमा ‘पेपर म्यारिज’ गरेका हुन्। कानुनी विवाह गरे पनि औपचारिक विवाह भने २०७६ को वैशाखमा गर्ने दुवैले जनाएका छन्।

निकिता र रविले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफुहरूले विवाह गरेको जानकारी दिएका हुन्। यो जोडी लामो समयदेखि प्रेममा रहेको चर्चा फिल्म वृत्तमा थियो। ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ। एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रूपमा काठमाडौं जिल्ला अदालतमा विवाह दर्ता गरेका छौ।

यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजबिन चल्यो। त्यसले हामीलाई एकअर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक, शुभचिन्तक, परिवार, इस्टमित्रहरूबाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद।

परम्परागत रूपमा हामी आउँदो बैशाखमा विवाह गर्ने छौं। यो हाम्रो नितान्त व्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, व्याख्यामा हामी अटेनौं भने हामीलाई माफ गर्नुहोला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौं। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनका लागि शुभ–कामना मात्र चाहन्छौं।’ रविले फेसबुकमा लेखेका छन्।

त्यस्तै निकिताले पनि ‘आजबाट रवि लामिछानेजी र म जीवनसाथी भएका छौं। हामी खुशी छौं। हाम्रो परिवार खुशी छ। सम्पूर्ण महानुभावहरूबाट हामी हाम्रो सुखद दाम्पत्य जीवनका लागि आशिर्वादको अपेक्षा गर्दछौं’ भन्दै फेसबुकमा लेखेकी छन्।

प्रकाशित: ८ माघ २०७५ ०५:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App