सारजहाँ – जापानका ताकिचिरो तोमियासुको गोल निर्णायक बन्दा सोमबार तीन पटकको एसिया कप विजेता साउदी अरेबिया १–० ले निराश हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। तोमियासुले पहिलो हाफमा गरेको हेड गोल जापानलाई अन्तिम ८ मा स्थान पक्का गर्न पर्याप्त बनेको हो।
प्रतियोगितामा स्वाभाविक लयको प्रदर्शनसँग गर्न नसकिरहेको ४ पटकको एसिया कप च्याम्पियन जापानले सेमिफाइनल प्रवेशका लागि भियतनामको सामना गर्नेछ। भियतनामले आइतबार बलियो प्रतिद्वन्द्वी जोर्डनको चुनौती पेनाल्टी सुटआउटमा ४–२ ले समाप्त पारेको थियो। २०औं मिनेटमा तोमियासुले कर्नर प्रहारमा प्राप्त बललाई पोस्टको दिशा दिएका थिए।
साउदीले दुई पटक गोलको सुनौलो अवसर पाए पनि दुवै पटक असफल भएको थियो। हातान बाहिर्बीले गरेको प्रहार पोस्टनजिकैबाट बाहिरिएको थियो भने अली अल बुलाहीको फ्रि–किक पनि पोस्टनजिकैबाट बाहिरिएको थियो। त्यस्तै बाहिर्बीले गरेको प्रहार पोस्टमाथिबाट बाहिरिँदा टोली थप निराश बनेको थियो।
यता ६०औं मिनेटमा योसिनुरी मुटोको प्रहारमा साउदी अरेबियाका गोलकिपर बाधक बन्दा जापानले अग्रता बढाउने अवसर गुमाएको थियो। यसअघि चीन र इरानले पनि क्वार्टरफाइनल भेट पक्का गरिसकेका छन्। चीनले थाइल्यान्डलाई २–१ ले र इरानले ओमानलाई २–० ले निराश पारेका थिए।
अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...
सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...
स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...
रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...
सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...
यसमा तपाईको मत