coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जेड र वेदाङ अन्तिम १६ मा

जयकर स्मृति राष्ट्रिय जुनियर टेनिसमा अबिर श्रीवास्तवविरुद्ध सट प्रहार गर्दै जेड आलेमगर। तस्बिर : नागरिक

काठमाडौं – जेड आलेमगर र वेदाङ गौतम १६औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत यु–१२ ब्वाइज सिंगल्समा सोमबार प्रि– क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा जेडले अबिर श्रीवास्तावलाई ६–० र ६–१ तथा वेदाङले वरुण सर्वांगीलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरेका थिए। सोही स्पर्धामा बोरिस अधिकारीले देवाशिष रेउलेलाई ६–० र ६–० तथा शाश्वत वज्राचार्यले आर्यम्यान जोशीलाई ६–४ र ६–० को सीधा सेटमा हराउँदै प्रि– क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

मनजयर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको     यु–१४ गल्र्स सिंगल्समा ईशाश्री शाहले समृद्धि सेढाईंलाई ६–० र ६–०, रायना शाहले आइशा डोल्कर गुरुङलाई ६–३, ३–६ र ६–३, निमिशा ढकालले सराह तिमिल्सनालाई ६–२ र ६–० तथा सुभाङ्गीलक्ष्मी शाहले अजा रेग्मीलाई ६–१ र ६–४ को सेटमा हराउँदै सेमिफाइनल यात्रा तय गरे।

यु–१२ गल्र्स सिंगल्समा उत्शा लामाले शैवी ढकाललाई ६–४ र ६–० ले पाखा लगाउँदै क्वार्टरफाइनलमा पुगिन्। यु–९ ब्वाइज सिंगल्समा स्पर्श तिमिल्सिनाले असभ हाडालाई १–४, ५–४(३) र ४–२, सम्खाहाङ राईले अमत्र्य शर्मालाई ५–४(३) र ४–२ तथा अद्रित नेपालले साङ्गे रोकायालाई ४–१ र ४–१ ले पन्छाउँदै सेमिफाइनलमा पुगेका छन्। हिमेश गिरीले भने याजुर ओझाबाट वाकओभर पाएर सेमिफाइनलमा स्थान बनाए।

यु–९ गल्र्स सिंगल्समा साम्राज्ञी लामाले शिभाली गुरुङलाई ५–३ र ५–४ (४), युरन जियाङले अन्जुश्री शाहलाई ५–३ र ४–२ तथा प्राज्णा मानन्धरले कर्मिष्ठा श्रेष्ठलाई ४–२, १–४ र ४–२ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाएका छन्। यु–१० ब्वाइज सिंगल्समा निशाद जोशीले दर्शिल श्रेष्ठलाई ६–२ र ६–२, बोरिस अधिकारीले नीरज मगरलाई ६–० र ६–०, अबिर श्रीवास्तावले सिर्जन भट्टराईलाई ६–० र ७–५ तथा सम्मान बस्नेतले माइकल अदियाजोहीलाई ६–० र ६–२ को सोझो सेटमा निराश पार्दै सेमिफाइनल यात्रा तय गरेका छन्।

प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष एवं स्व. जयकरकी माता ज्योति राणाले एक कार्यक्रमबीच उद्घाटन गरिन्। प्रतियोगितामा १२ स्पर्धामा ७७ खेलाडी सहभागी छन्। शनिबारसम्म चल्ने प्रतियोगिताको कुल नगद पुरस्कार राशि २ लाख ५० हजार रुपैयाँ रहेको छ।

प्रकाशित: ८ माघ २०७५ ०४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App