७ वैशाख २०८१ शुक्रबार
राजनीति

देशमा ठूलो संकटको खतरा : अध्यक्ष थापा

हिन्दु राष्ट्र पुनस्र्थापना जागरण अभियान अन्तर्गत घरदैलो अभियानको शुभारम्भ गर्नुअघि पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष कमल थापालगायत। तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर - राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले देशमा ठूलो अस्थिरता, अराजकता र बिखण्डनको खतरा रहेको बताएका छन्। गृहनगर हेटौंडामा सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले ठूला दल र नेताहरूले गलतलाई सच्याउने आँट नभएकाले देश संकट आउने चेतावनी दिए।

हत्या र बलात्कार काण्डमा सरकारमा सहभागी दलकै नेताको संलग्नता रहेको चर्चा भइरहे पनि सरकारले चासो नदिनु दुःखद् भएको उनले बताए। देशमा तीव्र रूपले भ्रष्टाचार र ब्रम्हलुट बढेको बताउँदै उनले आफूले भने एक पैसा पनि भ्रष्टाचार नगरेको दाबी गरे। ‘गैरकानूनी आर्थिक कारोबारको प्रश्न उठिरहेको हुँदा शंकास्पद व्यक्ति र संस्थाको बैक खाता तत्काल रोकेर अनुसन्धान अघि बढाउन सरकारसँग माग गर्दछु।’ कांग्रेसले कम्युनिस्टको विरोध गरे पनि उनीहरूको अजेन्डा बोकेर कम्युनिस्टकै विकल्प बन्न नसक्ने उनले ठोकुवा गरे। ‘धर्म निरपेक्षता, संघीयता र गणतन्त्र बाह्य शक्तिले कम्युनिस्टमार्फत भिœयाएको हुन्,’ उनले भने, ‘कम्युनिस्टमार्फत भिœयाएको अजेन्डा बोकेर कांग्रेस विकल्प हुन सक्दैन।’ कांग्रेसको स्थापना र संस्थापक नेताहरूले राजतन्त्रसहितको प्रजातन्त्रलाई आत्मसाथ गरेकाले हिन्दु राष्ट्रसँगै राजतन्त्रको अजेन्डामा एकमत हुनुपर्ने उनको भनाइ छ।

अर्को प्रशंगमा उनले यही रफ्तारमा धर्म परिवर्तन हुँदै गए नेपाल धार्मिक द्वन्द्वको डरलाग्दो चक्रब्यूहमा फस्न सक्ने खतरा भएको बताए। हिन्दु, बौद्ध र किरात धर्मको साझा स्वरूप सनातन धर्मको संरक्षण र सम्बद्र्धनका लागि हिन्दु राष्ट्र पुनस्र्थापनाको विकल्प नभएको उनले तर्क छ। नेपालमा बहुसंख्यक हिन्दु रहेकाले अल्पमतको सुरक्षा र सम्मानसाथ बहुसंख्यकको मान्यताको स्थापना गर्न ढिलाइ गर्न नहुने बताए। हिन्दु राष्ट्र पुनस्र्थापना जागरण अभियान अन्तर्गत घरदैलो अभियानको शुभारम्भ गर्दै अध्यक्ष थापाले देशमा सनातन धर्म र संस्कृतिमाथि निरन्तर आक्रमण भइरहेकोमा आपत्ति जनाए। ‘लोभ लालच र भ्रम सृजना गरेर लाखौको धर्म परिवर्तन गराइएको छ,’ उनले भने, ‘जसका कारण सदिऔं कायम रहेको धार्मिक, सामाजिक सद्भाव खल्बलिने तथा नेपालको पहिचान र राष्ट्रिय एकतासमेत कमजोर भएको छ।’

‘कम्युनिस्ट साम्यवादी, समाजवादी दर्शन मान्छन्, हामी बैदिक सनातन मुल्य र मान्यताको आधारमा समाज र राज्य सञ्चालन हुनुपर्छ भन्ने माग हो,’ उनले थपे। धर्मको आधारमा शासन गर्ने, कानून बनाउने आफुहरुको सोच नभएको उनले दाबी गर्दै युरोप, अमेरिकामा क्रिष्चियन मूल्य, मान्यता रहेकाले नेपालमा सनातन मूल्य र मान्यता अति आवश्यक रहेको बताए।
राप्रपाले फागुन ७ गतेबाट हिन्दु राष्ट्र पुनर्थापना लगायतका माग राखी जनसंघर्ष गर्ने र त्यसैको तयारीस्वरूप हिन्दु राष्ट्र पुर्नस्थापना जनजागरण अभियान सुरु गरिएको बताउँदै उनले फागुन १५ गतेदेखि ३० गतेसम्म मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गरिने बताए।‘कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा सरकारको कार्य क्षमता र विश्वसनीयतामाथि प्रश्न चिन्ह खडा भएको छ,’ उनले भने। पन्तको बलात्कारपछि हत्या भएको छ महिना बित्दा पनि सरकारले अपराधी पत्ता लगाउन नसक्नु लज्जास्पद भएको उनले जिकिर गरे।

प्रकाशित: ८ माघ २०७५ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App