८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश र स्थानीय सेवा ऐनका लागि मापदण्ड तयार

काठमाडाैं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘प्रदेश निजामती सेवा ऐन’ र ‘स्थानीय सेवा ऐन’ बनाउन मापदण्ड तयार पारेको छ। 

प्रदेश र स्थानीय तहले आ–आफ्नो ऐन बनाउनुपर्ने भएकाले सो ऐनका लागि आवश्यक मापदण्ड मन्त्रालयले तयार पारेको मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिए। मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट स्वीकृत लिएर उक्त मापदण्ड तयार पारेको हो। 

मापदण्डका आधारमा प्रदेश र स्थानीय तहले आ–आफ्नो ऐन बनाउने सचिव थपलियाले बताए। उनका अनुसार मापदण्डमा प्रदेश र स्थानीय तहले कर्मचारी भर्ना प्रदेश लोकसेवाबाट गर्नुपर्ने, सबै स्थानीय तहलाई एकीकृत प्रणालीमा राखिएको, प्रदेशभित्र रहेका स्थानीय तहका कर्मचारीको सरुवा एक स्थानीय तहबाट अर्कोमा हुने, कुनकुन तहमा खुला र बढुवा राख्ने जस्ता कुरा समेटिएका छन्। 

प्रदेश ऐनमा प्रदेश किताबखानासमेत रहने व्यवस्था गरिएको छ। प्रदेश मातहतका कार्यालयको सरुवा बढुवा प्रदेश मन्त्रिपरिषद्ले गर्ने उल्लेखसमेत गरिएको उनले बताए। यसैगरी मन्त्रालयले सङ्घीय निजामती सेवा विधेयक स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाएको छ। रासस

प्रकाशित: ७ माघ २०७५ १४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App