७ वैशाख २०८१ शुक्रबार
समाज

मोटरसाइकल चोरी गर्ने पक्राउ

रामेछाप– जिल्ला प्रहरी कार्यालयले जिल्लाको मन्थली बजारमा मोटरसाइकल चोरी गरी भाग्दै गरेका दुई जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ। आइतबार विहान सदरमुकाम मन्थली बजारको मदन भण्डारी चोकबाट रोकिराखेको मोटरसाइकल चोरी गरी भाग्ने क्रममा प्रहरीले दोलखाको तामाकोशी गाउँपालिका २ बस्ने १८ बर्षीय आशिष घिमिरे र १९ बर्षीय सुन्दर राणालाई नियन्त्रणमा लिएको थियो। 

मन्थली बजारका नारायण प्रधानको आफ्नै घर अगाडि रोकिराखेको बा ८४ प ४६७९ नम्बरको १ सय ५० सीसीको निलो पल्सर चोरेर भाग्ने क्रममा देवकोटा चोक पुगेका उनीहरुको मोटरसाइकल कुदाइ शंकास्पद देखिएपछि ड्युटीमा रहेको प्रहरीले रोकेर केरकार गर्दा चोरीको पोल खुलेको हो। सोधपुछमा उनीहरुले मोटरसाइकल चोरी गरेको कुरा स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख अमरेन्द्र बहादुर सिंहले जानकारी दिए। 

प्रहरीले उनीहरुको साथबाट मोटरसाइकल चोरीका लागि प्रयोग गरिएका कैची, रेन्च, पेन्चिस लगायतका सामग्री समेत बरामद गरेको जनाएको छ। उनीहरुलाई आइतबार नै अदालतमा पेश गरी म्याद थप गराई थप अनुसन्धानको काम भइरहेको छ। 

प्रकाशित: ७ माघ २०७५ १३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App