७ वैशाख २०८१ शुक्रबार
समाज

डा. केसीको समर्थनमा र्‍याली र कविता बाचन

डा. केसिको समर्थनमा पाँचथर सदरमुकाम फिदिममा निकालिएको मोटरसाईकल -याली । तश्बिर : गिरिराज / नागरिक

पाँचथर –

बा आमा छोडेर आएको हो गाँउबाट
यो जिन्दगी डुबानमा छ रहरको तलाउबाट
गरिब देख्दा झर्किन्छौँ, अधिकार माग्दा रिसाउछौ
ओ सरकार मालिक जस्तै देखिन्छौ हाउभाउ बाट
यो विश्वास घातीहरु बस्ने अखडा रहेछ बुझियो
गुण्डागर्दी गर्दो रहेछौ फरक फरक नाउबाट।

पाँचथर गजल मञ्चका अध्यक्ष समेत रहेका स्पन्दन दिपक खनाल  मंगवार साझ सदरमुकाम फिदिमको गणतन्त्र चोकमा यसरी गजल बाचन गर्दै थिए । २०६२/०६३ सालको जनआन्दोलन र संविधान निर्माणमा बिलम्ब हुँदा यसरीनै यो चोकमा साहित्यीक रचना सुनिन्थ्यो। यो पल्ट भने चिकित्सा शिक्षा सुधारका लागि भएका सम्झौता कार्यान्वयको माग गर्दै सत्याग्रहमा रहेका डा. गोविन्द केसीको समर्थनमा कविहरुले रचना सुनाए।

उनीहरुले सरकारको आलोचना गर्दै डा. केसिसँगको सम्झौता कार्यान्वय गर्न माग गरेका हुन। डा. केसिको समर्थनमा युवा अभियान को नामबाट फिदिममा विभिन्न कार्यक्रमहरु भईरहेका छन्। यसै क्रममा मंगलवार मोटरसाईकल -याली गरी रचना बाचन गरीएको थियो।  साहित्यकार प्रेम ओझा, शंकर आत्मा लगायतकाले   कविता बाचन गरेका थिए।

यस अघि अस्पताल चोकबाट मोटरसाईकल -याली निस्किएको थियो। डा. केसिसँग सम्झौता कार्यान्वयनका गर्न दबाव दिने किमिसका प्लेकार्ड सहित -याली निस्किएको थियो। -याली विभिन्न चोक परिक्रम गरी गणतन्त्र चोकमा आएर कोण सभामा परिणत भएको थियो। सभामा कविहरुले रचना सुनाएका थिए। कोण सभालाई सम्बोधन गर्दै पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपालले  स्वास्थ्य र शिक्षामा नीजिकरण रोक्न माग गरे। केसीको माग सम्बोधन नभएसम्म निरन्तर दबावका कार्यक्रम गर्ने अभियानका संयोजक विकास थापाले बताए।

 

प्रकाशित: ७ माघ २०७५ १३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App