८ वैशाख २०८१ शनिबार
खेल

धादिङमा डण्डीबियो प्रतियोगिता हुँदै

धादिङ – धादिङमा पहिलो पटक विद्यालय स्तरीय डण्डीबियो प्रतियोगिता हुने भएको छ।

जिल्ला स्काउट कार्यालय र नेपाल डण्डीबियो संघको आयोजनामा आगामी फागुन ५ देखि ७ गतेसम्म धादिङबेसीमा संचालन गरिने डण्डीबियो संघका राजकुमार श्रेष्ठले बताए। सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विद्यार्थी सहभागी हुने गरी आयोजना गर्न लागिएको प्रतियोगिताले लोप हुन लागेको सो खेललाई संरक्षण गर्न आयोजना गरिएको नेपाल स्काउटका समन्वय आयुक्त शिव सापकोटाले जनाएका छन।

प्रतियोगितामा प्रथमले रु ५० हजार, द्वितिय हुनेले रु ३० हजार, तृतियले रु २० हजार र सान्त्वना हुने समूहले रु १० हजार पुरस्कार पा्रप्त गर्नेछन्। सो खेल लोप  हुन लागेको र यसका नियम समेत जानकारी नभएको अवस्थामा सहभागि हुन चाहने विद्यालयले यही माघ १९ गते सहभागी एक विद्यार्थीसहित शिक्षकलाई प्रशिक्षण लिन आउन स्काउटले आब्हान गरेको छ। सहभागि हुने विद्यालयहरुले यही माघ २५ गतेभित्र टिम दर्ता गराउन भनिएको छ। (रासस)

प्रकाशित: ७ माघ २०७५ १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App