वन्यजन्तुको सुरक्षाका लागि सेनाको ‘अपरेशन महाहण्ट’

सोमबार, ०७ माघ २०७५, १३ : ५६ नागरिक

भीमदत्तनगर- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका संरक्षित वन्यजन्तुको सुरक्षाका लागि नेपाली सेनाले ‘अपरेशन महाहण्ट’ नामक विशेष सुरक्षा योजना लागू गरेको छ।

निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको देवी दलगण मझगाउँ ब्यारेकले जैविक विविधता र वन्यजन्तुको सुरक्षाका लागि सो योजना लागू गरेको देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्न्यातले जानकारी दिए।

‘‘यो योजना लागू भएकाले महीना दिनजति भयो।’’ गणपति प्रमुख सेनानी बस्न्यातले भने, “संवेदनशीलता र आवश्यकतानुसार निरन्तरता दिँदै जान्छौं।” यो योजनाअन्तर्गत निकुञ्जभित्र रहेका संवेदनशील क्षेत्रको नियमित रेखदेख गर्ने, चोरीशिकार हुनसक्ने सम्भावित क्षेत्रको पहिचान गरी एम्बुस थाप्ने, दुर्लभ वन्यजन्तु रहेको इलाकामा क्यामेरा जडान गरी निगरानी बढाउनेलगायत रहेको गणले जनाएको छ।

सुरक्षा योजनाको पाचौं संरकरण महाहण्टमा पाटेबाघ, एकसिङ्गे गैँडा, मृगलगायत सबै वन्यजन्तु तथा पशुपक्षीको सुरक्षामा बढी ध्यान दिइएको छ। ‘‘३५५ वर्ग किलोमिटर फैलिएको शुक्लाफाँटाको चौतर्फी सुरक्षाका लागि सेना रातदिन खटिएको छ।’’ उनले भने–“शुक्लाफाँटाको संरक्षण र वन्यजन्तुको सुरक्षामा स्थानीयवासी पनि गम्भीर भएर लाग्नुपर्छ।”

निकुञ्जको सुरक्षामा खटिएको गणले सुरक्षाका लागि स्थापना गरेका १८ वटै सैनिक पोष्ट र निकुञ्जतर्फका वन कर्मचारीसितको समन्वयमा सो योजना अघि बढाइएको र यसबाट दाउरा र काठ तस्करी नियन्त्रण भइरहेको सेनाले जनाएको छ। रासस 
 

 








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad