७ वैशाख २०८१ शुक्रबार
समाज

पश्चिमि क्षेत्रमा वर्षाकाे सम्भावना

काठमाडाैं - जल तथा मौसम विज्ञान विभागले सोमबार पश्चिमका केहि स्थानमा बदली भई केहि स्थानमा हल्का वर्षा हुन सक्ने बताएको छ। यस्तै पश्चिमि र मध्यका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ। 

यस्तै मंगलबार भने देशैभरी बदली हुने सम्भावना रहेको विभागले जनाएकाे छ। पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षाको समेत संभावना रहेकाे छ। साथै पश्चिमि र मध्यका हिमालि भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना रहेकाे विभागले जानकारी दिएकाे छ।

 

प्रकाशित: ७ माघ २०७५ ०६:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App