coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

मुआब्जा माग्दै जिल्ला बन्द

नुवाकोट - त्रिशूली–मैलुङ–रसुवागढी सडक योजनाका प्रभावितले मुआब्जा माग गर्दै आइतबार नुवाकोट बन्द गरेका छन्। सडक निर्माण तथा स्तरोन्नतिका क्रममा योजनाले पिपलटार–ढुंगे सडक खण्डका प्रभावितलाई मुआब्जाको व्यवस्था गर्न आनाकानी गरेको भन्दै उचित मुआब्जा माग गर्दै नुवाकोट बन्द गरिएको हो।

आइतबार बिहान ८ बजेदेखि दिउँसो साढे तीन बजेसम्म बन्द गरिएको थियो। बन्दको कार्यक्रमपछि आयोजित कोण सभामा सरोकार समितिका संयोजक लिलानाथ न्यौपानेले गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी आयोजनासँग सम्वाद, शान्तिपूर्ण र्‍याली निकालेर दबाबसँगै चक्काजाम गर्दा पनि मागको सुनुवाइ नभएको भन्दै जिल्ला बन्द गर्न बाध्य भएको बताए। आयोजनाले पिपलटारदेखि ढुंगेसम्मका प्रभावित स्थानीयलाई  सौतेनी व्यवहार गरेको भन्दै छिट्टै मागको सुनुवाइ नगरे अनिश्चितकालीन जिल्ला बन्द गर्न बाध्य हुने चेतावनी न्यौपानेले दिए। ‘बन्द हुँदा कस्तो समस्या पर्छ भन्ने हामीले बुझेका छौं। शान्तिपूर्ण र्‍यालीसँगै चक्काजाम गर्दा पनि हाम्रो मागको सुनुवाइ भएन। त्यसैले बाध्य भएर बन्द गर्न बाध्य भएका हौं,’ न्यौपानेले भने, ‘अबको केही दिनमा हाम्रा मागको सुनुवाइ भएन भने अनिश्चितकालीन बन्द गरेर आयोजना र सरकारलाई दवाव दिन आवश्यक कदम चाल्नेछौं।’

सन्तानलाई बाँस दिलाउन सांकेतिक रुपमा जिल्ला बन्द गरेर सरकार र आयोजनालाई दबाब दिन बाध्य भएको प्रभावितको भनाइ रहेको छ। ढुंगे पारी र पिपलटारपारीका प्रभावितलाई मुआब्जा दिने तर बीचको मुख्य बजार क्षेत्रका प्रभावितलाई पाखा लगाएकामा उनीहरुको आक्रोस पोखे। ‘हामी विकास विरोधी होइनौं। तर, विकासको नाममा काखा र पाखा गराउन पाइँदैन भन्ने हाम्रो माग हो,’ विजु बोगटीले भनिन्, ‘नियम बनाउने बेलामा नै मुआब्जा दिने भनेर कानुन नबनाएको भए हामी चित्त बुझाउथ्यौं। तर कानुनअनुसार सरकार र आयोजना चल्न सकेन। त्यसैले आफ्नोे काम छाडेर बन्द गराउन बाध्य भएका हौं।’

प्रकाशित: ७ माघ २०७५ ०५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App