एकल साँझमा मनराजाको संगीत

सोमबार, ०७ माघ २०७५, ११ : १४ नागरिक

संगीतकार मनराजा नकर्मीको एकल साँझ सम्पन्न भएको छ । प्रज्ञाभवनको डबलीमा आयोजित कार्यक्रममा उनले संगीत भरेका २१ गीत प्रस्तुत गरिएका थिए । मनराजाको आलापबाट सुरु भएको सांगीतिक प्रस्तुतिमा दिनेशराज रेग्मीको संयोजकत्वमा २० वाद्यवादकहरूको साथ रहेको थियो ।

कार्यक्रममा आयोजक नेपालमण्डल टेलिभिजनले सृजना शक्ति वृद्धि होस् भन्ने कामनाका साथ संगीतकार मनराजालाई सम्मान पनि गरेका थिए । सम्मानपत्र प्रदान गर्दै मनराजाको एकल साँझ आयोजना गर्वको विषय भएको नेपालमण्डल टेलिभिजनका प्रवन्ध निर्देशक प्रकाशकाजी डंगोलले बताए । 

कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, सन्तोष लामा, प्रकाश तिमल्सिना, सरीता शाही, आनन्द कार्की, संगीता थापा शाक्य, स्वयम्भूराज शाक्य, दीपक लिम्बु, मनुका पौडेल, जुजुकाजी रंजित, रमना श्रेष्ठ, धनबहादुर गोपाली, रत्नशोभा महर्जनले मनराजाको संगीत रहेको विभिन्न गीत प्रस्तुत गरेका थिए । त्यस्तै मनराजाकै संगीतमा सृजित लोकप्रिय गीतमा नृत्य पनि प्रस्तुत गरिएको थियो। 

१३ वर्षमा रेडियो नेपाल पुगी प्रत्यक्ष प्रशारण हुने शास्त्रीय संगीतमा तालवादनमा साथ दिने मनराजाको रेडियो नेपालसँग औपचारिक सम्बन्ध २०४५ सालमा भएको थियो । हाल उनी रेडियो नेपालमा मुख्य संगीत संयोजकका रूपमा कार्यरत छन्।

उनका नेपाली भाषाको लेखेर तिम्रो नाम, चोखो माया, खैल्दै गर्दा (बालगीत सङ्ग्रह), प्रेमल,  पहिलो किरण डिभिडी एल्बम, कृति, दुनिया, महसुस, सुशान्तको स्मृति, प्रभुको लीला, कलाकार, मञ्जरी, मन आनन्द गरी १३ गीति संग्रह र नेपालभाषाका मिखाया अजलं, नानु, तय्जु, मन, सिमाकचा, निर्मल मन, सिमाकचा डिभीडी एल्बम, छ्यनय् तकुस्वां, जोभनया रंग गरी ९ गीति संग्रह सार्वजनिक भइसकेका छन् । उनका जेठी छोरी आशिष्मा नकर्मी, माइली अञ्जला नकर्मी पनि कला क्षेत्रमै छन् । 

 








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad