coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

स्मार्ट ट्वाइलेट बनाउन दुई कार्यदल

काठमाडौं महानगरपालिकाले स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालनका लागि आइतबार दुई कार्यदल गठन गरेको छ । महानगरका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीको संयोजकत्वमा उक्त कार्यदल गठन गरेको हो ।

महानगरले प्रवक्ता एवं वडा १५ का वडा अध्यक्ष ईश्वरमान डंगोलको संयोजकत्वमा गठित कार्यदलले सार्वजनिक स्मार्ट शौचालय निर्माण तथा सञ्चालन गर्नका लागि कार्यविधि तयार गर्नुपर्ने छ । अर्को सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख ध्रुवकुमार काफ्लेको संयोजकत्वमा गठित समितिले भने शौचालय निर्माणका लागि स्थान पहिचान गर्ने र स्थान अनुसारको डिजाइन प्रस्ताव गर्नुपर्ने छ । महानगरले समितिमा आवश्यकता अनुसार सम्बन्धित क्षेत्रका कर्मचारीलाई परिचालन गर्न सक्ने अधिकार दिएको छ । उनीहरूलाई दिइएको काम कर्तव्य अनुसार काम गर्नुपर्ने छ ।

महानगरका अनुसार प्रतिवेदन बुझाउन दुवै कार्यदललाई १५ दिनको समय दिइएको छ । स्थानीय निर्वाचन हुनुअघि महानगरले सडक विभागसँग समन्वय गरी ४० ठाउँमा शौचालय निर्माण गर्ने तयारी थालेको थियो । तर, विभिन्न ठाउँमा सडक विस्तार गरिएकोले ती पहिचान गरिएको स्थान परिवर्तन हुँदा स्मार्ट शौचालयको काम अघि बढ्न सकेको थिएन । शौचालय निर्माणको लागि स्थान तोक्न नसक्दा अहिले सम्म उक्त शौचालय निर्माण हुन सकेको छैन । 

 

प्रकाशित: ७ माघ २०७५ ०४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App