coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

दुई सय ९४ अपांगलाई निःशुल्क कृत्रिम अंग

मारवाडी सेवा समिति नेपालले अपांगता भएका दुई सय ९४ जनालाई निःशुल्क कृत्रिम अंग प्रदान गरेको जनाएको छ । समितिले डेढ वर्षयता अपांगता भएका व्यक्तिलाई कृत्रिम अंगदान गर्दै आइरहेको छ । 

मारवाडी सेवा समिति नेपाल कृत्रिम अंग कार्यशालाका प्रमुख हरिराम बोगतीले विभिन्न अपांगता भएका व्यक्तिलाई हिँडहुल गर्न सहज बनाउनका लागि कृत्रिम अंग उपलब्ध गराइरहेको बताए । ‘आर्थिक अवस्था कमजोर भएका अपांगता भएका व्यक्तिलाई कृत्रिम अंग उपलब्ध गराउँदै आइरहेका छौं,’ उनले भने, ‘यसले उहाँहरूलाई हिँडडुल गर्न धेरै सजिलो हुन्छ ।’ उनका अनुसार घुडा माथिका र मुनि लगाउने सबै कृत्रिम अंगहरु त्यहाँ उपलब्ध छ । यो अंग १० वर्षसम्म टिकाउ हुने उनको भनाई रहेको छ ।

समितिले कृत्रिम अंग पनि प्रत्यारोपण गरिरहेको छ । मासिक १३ जनाका दरले कृत्रिम अंग उपलब्ध गराइरहेको समितिले जनाएको छ । विशेष गरी शनिबारको दिनमात्रै उपलब्ध गराइन्छ । अपांगता भएका व्यक्तिले कृत्रिम अंग लिनका लागि पासपोर्ट साइजको फोटो, वडाको सिफारिस, नागरिकताको फोटोकपी र अपांगताको परिचय पत्र पेश गर्नुपर्छ ।

समितिको कामबारे सञ्चारमाध्यममा आउन नसक्दा अधिकांश अपांगता भएका व्यक्तिले कृत्रिम अंग पाउन नसकेको उनले बताए । ‘मिडियामा अपांगता भएका व्यक्तिले निःशुल्क कृत्रिम अंग पाइरहेको भन्ने सूचना आउन सकेको छैन । त्यसैले यो सुविधाबाट धेरै वञ्चित छन्,’ उनले भने ।

उनका अनुसार कृत्रिम अंग बाहिर किन्दा ४०–९० हजार रूपैयाँ पर्छ । समितिले २०७४ साउनयता निःशुल्क कृत्रिम अंग उपलब्ध गराइरहेको छ । समितिका अनुसार काठमाडौंमा दुई सय, भैरहवामा ५०, जनकपुरमा २४ र विर्तामोडमा २० जनालाई निःशुल्क कृत्रिम अंग प्रदान गरिसकेको छ । 

 

प्रकाशित: ७ माघ २०७५ ०४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App