coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

काशीनाथको ‘बोकाको मन’

काठमाडौं - गुल्मीका दृष्टिविहिन साहित्यकार काशीनाथ मिश्रित(ज्ञवाली)को व्यंग्य निबन्ध संग्रह ‘बोकाको मन’ सार्वजनिक भएको छ । राजधानीमा शनिवार एक कार्यक्रमकाबीच परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र भारतका लागि प्रस्तावित राजदुत निलाम्बर आचार्यले संग्रह सार्वजनिक गरे ।

मन्त्री ज्ञवालीले लेखक काशीनाथले दुईवटा सीमामा रहेर पुस्तक लेखेको बताए । ‘केन्द्रले मोफसललाई जहिले पनि हेय दृष्टिले हेर्छ । काशीनाथजी दृष्टिविहिन हुनुहुन्छ । मोफसलमा उहाँजस्तो प्रतिभा हुँदैन भन्ने बुझाई केन्द्रको छ’, ज्ञवालीले भने, ‘शारीरिक अपांगताले पनि केही सीमा निर्धारण गरेको छ । उहाँले त्यो सीमाबीचमा रहेर लेख्नुभएको छ । मेरो बुझाईमा काशीनाथजीको दृष्टि भन्दा पनि उहाँको दृष्टिकोण प्रमुख हो ।’

त्यस्तै आचार्यले दृष्टिविहिन भएर पनि व्यंग्यात्मक पुस्तक लेख्नु ज्ञवालीको सराहनीय काम भएको बताए । पुस्तक समिक्षक ज्ञाननिष्ठ ज्ञवालीले पुस्तकले एउटा बोकाले आम मानिसप्रति हेर्ने दृष्टिकोणलाई प्रस्तुत गरेको बताए । ‘पुस्तकमा लेखकले बोकालाई माध्यम बनाएर समाजप्रतिको विसंगतिप्रति व्यंग्य प्रहार गरेका छन् । उनले भाषामा देखिएका विसंगति, साहित्यका वाद प्रति पनि व्यंग्य गरेका छन्’, उनले भने ।

अर्का समिक्षक लक्ष्मण गाम्नागेले पुस्तकमा लेखकले उखानको प्रयोग राम्रोसँगा गरेको बताए । उनले एउटा बोकालाई मानिसले दिने दुःख वरपर पुस्तक केन्द्रीत रहेको बताए । लेखक काशीनाथले पिताको कारण लेखनमा आएको बताए ।  भुडीपुराण प्रकाशनले बजारमा ल्याएको पुस्तकको मूल्य २ सय रुपैयाँ छ ।

 

प्रकाशित: ७ माघ २०७५ ०३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App