coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बासुदेव फाउन्डेसनको सहयोग

काठमाडौं - रेडियो कार्यक्रम सञ्चालक तथा गायक बासुदेव मुनालको स्मृतिमा गठित बासुदेव कोइराला मुनाल मेमोरियल फाउन्डेसनले विद्यार्थी तथा जेष्ठ नागरिकलाई खाद्य सामाग्री तथा लुगा वितरण गरेको छ ।

फाउन्डेसनले गत पुस २७ गते उदयपुरको चौदन्डीगढी नगरपालिका–१, चौदन्डीगढीस्थित शारदा माध्यमिक विद्यालयमा विद्यालयका  विद्यार्थी, गरिब, असहाय तथा जेष्ठ नागरिक गरी करिब सयजनालाई ब्ल्याङ्केट, ज्याकेट तथा खाद्य सामाग्री वितरण गरेको हो ।

फाउन्डेसनका अध्यक्ष तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा उपेन्द्र कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का सांसद विमल कार्कीले सामाग्री वितरण गरेका थिए । फाउन्डेसनका अध्यक्ष कोइरालाले बासुदेवको जन्मस्थान र उनले अध्यन गरेको विद्यालयबाट फाउन्डेसनले सहयोगको कार्यक्रम सुरुवात गरेको बताए । ‘देशको कला र संस्कृतिमा जीवनभर योगदान दिएका मुनालको स्मृतिमा गठित फाउन्डेसनले आगामी दिनमा अन्य विभिन्न ठाउँमा यस्तै सहयोगको कामलाई निरन्तरता दिनेछ’, उनले भने ।

कोइरालाले आगामी असार २६ गते बासुदेवको जन्मदिनको अवसर पारेर फाउन्डेसनले कुनै पनि क्षेत्रको प्रतिभाशाली अथवा कुनै पनि क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिलाई विशेष सम्मान गर्ने बताए ।

 

प्रकाशित: ७ माघ २०७५ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App