coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रतिपक्षसँग सल्लाहबिनै चिकित्सा शिक्षा विधेयक कार्यसूचीमा

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँगको सल्लाहबिना सभामुख कृष्णबहादुर महराले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सोमबार पारित गर्ने तयारी गरेका छन्। सोमबारको संसद् बैठकको कार्यसूचीमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गर्ने अजेन्डा राखिएको हो। संसद् सचिवालयको सोमबार अपराह्न १२ बजे बस्ने प्रतिनिधिसभा बैठकमा राष्ट्रिय चिकित्सा शिक्षासहित चार विधेयक पेसगर्ने कार्यसूची प्रकाशित गरेको छ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले चिकित्सा शिक्षा विधेयक कार्यसूचीमा राख्ने विषयमा कांग्रेससँग छलफल नभएको बताए। ‘हामीसँग यसबारे सभामुखले छलफल गर्नु भएको छैन,’ उनले भने, ‘हामी पार्टीका साथीहरूसँग बस्छौं, र आफ्नो धारणा राख्छौं।’ डा. गोविन्द केसीले संविधानको मौलिक हकको व्यवस्थाबमोजिम राखेका मागलाई कांग्रेसले सहयोग गर्ने उनले बताए। उनले डा.केसीसँग भएको सम्झौता विपरित समितिले विधेयक प्रतिवेदन पारित गर्दा कांग्रेसले असहमती राखेको र संसद्मा पनि राख्ने बताए। सरकार अन्तिम समयसम्म पनि डा.केसीसँग भएको सम्झौताकै बाटोमा हिँडोस् भन्ने हाम्रो चाहना हो,’ उनले भने।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पुस २९ गतेको संसद बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदन पेश गरेको थियो। संसदको माघ ४ गते बस्ने बैठकबाटै चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गर्दै कार्यसूची तय गरिएको थियो। संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा नै विधेयकमाथि फरक मत राखेको कांग्रेसले विधेयक पारित गर्ने विषयमा असहमति जनाउँदै माघ ४ गतेको कार्यसूचीबाट चिकित्सा शिक्षा विधेयक हटाउन आग्रह गरेको थियो। कांग्रेसका गगन थापासहितको टोलीले समितिबाट पारित भएको विधेयक प्रतिवेदनमामाथि असहमति जनाउँदै डा.गोविन्द केसी १६ औं अनशनमा बसेका कारण यसलाई विधेयकमा थप छलफल गरेर अघि बढ्न आग्रह गरेको थियो। त्यसपछि कार्यूचचीबाट हटाइएको थियो।

माघ ४ गते शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको प्रश्नोत्तर कार्यक्रममा पनि कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्रीले चाहे डा.केसीसँग सरकारले गरेको सम्झौताबमोजिम विधेयक पारित गर्न सकिने भन्दै प्रधानमन्त्रीसँग जवाफ माग गरेका थिए। तर प्रधानमन्त्री ओलीले डा.केसीसँग सरकारले गरेको सम्झौता सत्य निरुपण नभएको बताएका थिए। उनले डा.केसीसँग भएको सम्झौताबमोजिम सार्वभौम संसद्ले नै विधेयक पारित गर्न सक्ने भएकाले आफूले संसद्लाई आदेश दिन नसक्ने बताएका थिए। डा.केसीको मागबमोजिम प्रधानमन्त्रीले कठोरता देखाएपछि सभामुख महराले सोमबारको कार्यसूचीमा राखेका छन्। 

प्रकाशित: ७ माघ २०७५ ०१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App