५ वैशाख २०८१ बुधबार
खेल

सिटीद्वारा हडर्सफिल्ड फराकिलाे अन्तरले पराजित

लन्डन - इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्कन संघर्षरत म्यानचेस्टर सिटीले आइतबार हडर्सफिल्ड टाउनमाथि ३–० को सहज जित निकालेको छ।

जोन स्मीथ स्टेडियममा हडर्समाथि रवाफिलो जित निकाल्दै साबिकको विजेता सिटीले शीर्ष स्थानको लिभरपुलमाथि समेत दबाव सिर्जना गरेको छ। यो जितसँगै सिटीले समान २३ खेलबाट लिभरपुलसँगको दूरी ४ अंकले छोट्याउँदै शीर्ष स्थानको होडमा चुनौती प्रस्तुत गरेको छ। समान २३ खेल खेलेकाे लिभरपुलको ६० अंक र सिटीको ५६ अंक छ।

सिटीको जितमा ड्यानिलो, रहिम स्टर्लिङ र लेरोई सानेले गोल गरेका थिए। १८ औं मिनेटमा ड्यानिलोको गोलबाट अग्रता लिएको सिटीले पहिलो हाफमा त्यसलाई जारी राख्यो। दोस्रो हाफमा थप दुई गोल गर्दै सिटीले महत्वपूर्ण जित आत्मसात गर्‍यो। रहिमले ५४ औं मिनेटमा र सानेले ५६ औं मिनेटमा गोल गरेका थिए। 

 

प्रकाशित: ७ माघ २०७५ ०१:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App