८ वैशाख २०८१ शनिबार
समाज

४० किलो चरेशसहित २ भारतीय पक्राउ

कपिलवस्तु– कपिलवस्तु नगरपालिका १ स्थित बहादुरगंज जाने चोकमा आइतवार बिहान ४० किलो चरेशसहित २ भारतीय पक्राउ परेका छन्। यति ठुलो परिमाणमा चरेश बरामद भएको जिल्लामै यो पहिलो घटना रहेको प्रहरीले जनाएको छ। बिशेष सुराकीको आधारमा भारततर्फ लैजान लागिएको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। 

लागु औषध  नियन्त्रणका लागि चलाइएको विशेष अभियानका क्रममा उनीहरु पक्राउ परेका हुन। पक्राउ पर्नेमा भारतको जिल्ला मोतिहारी पुर्वी चम्पारण थाना रक्सौल ग्राम वस्ने वर्ष २६ का ताहिर अली र सोही स्थानका ३२ वर्षिय मोहमद आलम छन्। जिल्ला प्रहरी कार्यालयद्धारा तौलिहवामा आयोजित पत्रकार सम्मेलनमा चरेश सहित पक्राउ परेको दुई अभियुक्तलाई सार्वजनिक गरिएको थियो। प्रहरी नायब उपरीक्षक रवी रावलले पक्राउ परेका दुबै जना लामो सयमदेखि चरेशको कारोवार गर्दै आएको अनुसन्धानमा खुलेको बताए। 

पैदल हिडिरहेको बेला पक्राउ गरी खानतलासी गर्दा सो चरेश बरामद भएको उनले बताए। दुबै जना कृष्णनगर बजारमा बसेर कारोवार गर्दै आएका थिए। पहाडी जिल्ला रुकुम, रोल्पा, बाग्लुङबाट चरेश खरिद गरी लुकुछिपी भारतमा लग्ने गरेका थिए। घिउ राख्ने प्लाष्टिकको ४ वटा ग्यालेन भित्र ३ वटा पोलिथिन झोलामा राखिएको अवस्थामा चरेश बरामद गरिएको थियो। 

उनीहरुलाई  जिल्ला अदालतमा ५ दिने म्याद थपी लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान सुरु गरिएको रावलले जानकारी दिए। पत्रकार सम्मेलनमा कपिलवस्तु प्रहरीले आर्थिक वर्ष २०७५।७६ मा प्रहरीले गरेका प्रगति विवरण समेत सार्वजनिक गरेको थियो। बरामद चरेशको करिव १२ लाख नेपाली मूल्य पर्ने प्रहरीले जानएको छ। 

प्रकाशित: ६ माघ २०७५ १६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App