८ वैशाख २०८१ शनिबार
समाज

डा. केसीलाई आईसीयूबाट जनरल वार्डमा सारियो

काठमाडौं- चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीलाई साधारण वार्डमा सारिएको छ। इलाममा पुगेर १६ औं अनसन बसेका उनको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको थियो। उनको त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहे पनि अस्पतालमा आईसीयू बेड अन्य विरामीलाई अभाव नहोस् भन्दै आफै वार्डमा सर्न चाहेका थिए।

डा. केसीको चाहना अनुसार नै जनरल वार्डमा सारिएको उनका सहयोगीले बताएका छन्।

प्रकाशित: ६ माघ २०७५ १२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App