८ वैशाख २०८१ शनिबार
समाज

नेपाल बाहेक कुनै देशमा लगानी छैन : विरेन्द्र महतो

काठमाडौं-  खोज पत्रकारिता केन्द्रले गरेको खुलासामा आफ्नो नाम समेत जोडिएको भन्दै पूर्व सांसद विरेन्द्र प्रसाद महतोले आपत्ति जनाएको छन्। एक विज्ञप्ति जारी गर्दै महतोले 'खोपकेले बाहिर ल्याएको प्रतिवेदनमा मेरो बेलारुसमा ‘ओजेएससी एम्कोडोर होल्डिङ लिमिटेड कम्पनी’ मा लगानी छ भनेर दाबी गरेपनि यसमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहन्छु' भनेका छन्। उनले यो कम्पनीमा आफु धेरै पहिले निर्देशक (डाईरेक्टर) को रुपमा कार्यरत रहेको कुरा बताएका छन्।

उक्त कम्पनीमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्षसमेत रहेका आफ्ना दाई डा. उपेन्द्र महतोको लगानी रहेको बताउँदै उनले दाईको कम्पनी भएकोले आफु डाईरेक्टरको रुपमा कार्यरत रहेको बताएका छन्।

उक्त कम्पनीमा आफ्नो लगानी नै नरहेको कुरालाई अनावश्यक रुपमा नाम छोडेर खोज पत्रकारिताको नाममा व्यक्तिगत र व्यवसायिक प्रतिष्ठामाथि आँच पुर्याउने काम भएको उनको भनाई छ।

एनसेल कर छली प्रकरणमा आफु संलग्न भएको जसरी प्रतिवेदन ल्याएकोप्रति पनि उनले आपत्ति जनाएका छन्। आफु संसदको सार्वजनिक लेखा समितिको सदस्य हुँदा समितिको बैठकमा स्पष्टसँग एनसेलसँग राज्यले कुनैपनि हालतमा कर असुल्नुपर्छ भनेर बोलेको कुरा अहिलेपनि रेकर्डमा रहेको उनको भनाई छ।

नेपालबाहेक आफ्नो कुनैपनि देशमा लगानी र कुनैपनि कम्पनी उनको भनाई छ। यदि समाचारमा दाबी गरिएजस्तो आफ्नो संलग्नता रहेको पुष्टि भए कानुनी कारबाही भोग्न तयार रहेको उनले बताएका छन्।

 

प्रकाशित: ६ माघ २०७५ १२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App