८ वैशाख २०८१ शनिबार
प्रवास

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न वेलायतमा उच्चस्तरीय समिति

लण्डन- नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ सफल पार्न  बेलायतमा एक उच्चस्तरिय समिति गठन गरिएको छ। बेलायतस्थित नेपाली समुदायका प्रतिनिधी तथा वेलायती सांसद समेतको उपस्थितमा शनिवार साँझ दूतावास भवनमा आयोजित एक समारोहका बीच वेलायतका लागि नेपाली राजदूत  डा. दुर्गा बहादुर सुवेदीको संयोजकत्वमा  ‘नेपाल भ्रमण वर्ष २०२० उच्चस्तरिय मुल समिति यूके’ गठन  गरिएको हो। 

उच्चस्तरिय मुल समितिको सदस्य सचिवमा दूतावासका उपनियोग प्रमुख शरदराज आरण तोकिएका छन। कार्यक्रमलाई सम्वोधन गर्दै ब्रिटेनको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले ब्रिटेनमा बसोबास गरिरहेका गैरआवासीय नेपाली नेपालका ‘सेल्सपर्सन’ भएको बताएका छन्।

 सांसद शर्माले नेपाली डायस्पोरा बेलायत र नेपालबीच पुल भएको बताए। यदि पुल बलियो भएन भने त्यसले दुई देशबीचको संबन्धमा पनि असर पर्नेछ, उनले भने।

उनले ब्रिटेनबाट नेपाल भ्रमण गर्ने पर्यटकहरुको संख्या एक लाख पुराउने लक्ष्य हासिल गर्न सकिने खालको भएको भन्दै त्यसकालागि बेलायतमा बसोबास गर्ने सबै समुदायसंम भिजिट नेपालको सन्देश पुराउनु पर्ने सुझाव दिए।

कार्यक्रममा बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा ‘नेपाल भ्रमण वर्ष २०२० उच्चस्तरीय मूल समिति यूके’ गठनको घोषणा गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सुवेदीले गत केही वर्षयता बेलायतबाट नेपाल जाने पर्यटकहरुको संख्या बढ्दै गएको र यो वर्ष ८३,००० ब्रिटिश पर्यटक नेपाल लैजाने उद्देश्य लिइएको बताए। उनले नेपालमा पर्यटन प्रबर्द्धन गर्न नेपालीहरुका संघसंस्थाका साथै बेलायतमा बसोबास गर्ने सबै नेपालीहरुलाई आग्रह पनि गरे।

समितिमा एनआरएनए यूके, ब्रिटेन नेपाल सोसाइटी, यूके नेपाल फ्रेण्डसीप सोसाइटी, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स, ब्रिटेन नेपाल एनजीओ नेटवक्स, ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल, ब्रिटेन नेपाल मेडिकल ट्रष्ट, नेपाल पत्रकार महासंघ बेलायत लगायत यूकेमा रहेका क्रियाशिल सम्पूर्ण राजनैतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, भौगोलिक, क्षेत्रीय, जातीय र पेशागत संघसंस्था र समाजका अध्यक्षहरु पदेन सदस्य रहने छन्।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बरालले पर्यटन नेपालको सबैभन्दा सशक्त उद्योगहरुमध्ये एक भएको बताए। उनले देशका सातवटै प्रदेश सरकारहरुले पर्यटन प्रबर्द्धनलाए उच्च प्राथमिकता दिएको बताउँदै नेपालको प्रबर्द्धन गर्न विदेशमा बस्ने नेपालीहरुको पनि ठूलो भूमिका रहने बताए। उनले नेपाललाई लोकप्रिय पर्यटन गन्तव्य बनाउन नयाँ ब्रान्डिङको आवश्यकता रहेको पनि बताए।

सोही अवसरमा इन्जीनियरद्वय घनश्याम पौडेल तथा संयुक्त श्रेष्ठले लुम्बिनीमा अवस्थित माया देवी मन्दिरको पुनर्निर्माण तथा टेकु दोभानको संपदा संरक्षणबारे प्रस्तुति गरेका थिए। त्यस्तै वरिष्ठ कलाकार मदन थापाले सारंगी वादन प्रस्तुत गरेका थिए।  

प्रकाशित: ६ माघ २०७५ ११:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App