८ वैशाख २०८१ शनिबार
खेल

युएईसँग हुने क्रिकेट सिरिजका लागि नेपाली टाेलीकाे घाेषणा

फाइल तस्बिर

काठमाडाैं - युएईसँग यहि माघमा हुने एकदिवसीय र टी-ट्वान्टी खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। माघ ११ गतेदेखि युएईमा हुने प्रतियोगिताका लागि ३ वैकल्पिक र १६ सदस्यीय टोलीको घोषणा भएको हो। प्रतियोगिताका लागि छनौटमा परेका प्रारम्भिक २० जनाको टोलीबाट १६ जना छानिएका हुन्। घोषणा भएको टोलीमा ४ जना युवा खेलाडीले सिनियर टोलीमा स्थान बनाउन सफल भएका छन्।

टोलीमा समावेश भएका खेलाडीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान),अविनाश बोहरा, बसन्त रेग्मी,भिम सार्की,बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र सन्दीप जोरा रहेका छन्। यस्तै वैकल्पिक खेलाडीमा सुशन भारी, ललित भण्डारी र बिक्रम सोब रहेका छन्। घोषणा भएको टिममा पवन सर्राफ, सन्दीप जोरा, अभिनाश बोहरा र भिम सार्कीले पहिलो पटक टिममा स्थान बनाएका छन्।

नेपाली टोलीका नियमित सदस्य शरद भेषवाकर भने टिममा परेका छैनन्। विरामी भएपछि उनले नाम फिर्ता लिएका हुन्। यस्तै लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) खेलेर सोमबार नेपाल आइपुग्ने छन्। नेपाली टाेली मंगलबार युएई प्रस्थान गर्नेछ। नेपालले माघ ११, १२ र १४ गते एकदिवसीय सिरिज खेल्नेछ भने माघ १७, १८ र २० मा टी-ट्वान्टी सिरिज खेल्नेछ।

प्रकाशित: ६ माघ २०७५ ११:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App