coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काठमाडौंको सुरक्षामा तीन सय ३५ ‘इगल आई’

काठमाडौं– काठमाडौंको सुरक्षाका लागि तीनसय ३५ वटा ‘इगल आई’ सक्रिय छन्। काठमाडौंका चोक, बजार र गल्लीमा रहेका ती आँखाले चौविसै घण्टा भैरहेका सबै गतिविधी रेर्कड गरिरहेको छ। चाडपर्वका अवसरमा हुने भिडभाडको निगरानीका लागि जडान भएका आँखाले देखेका गतिविधी शंकास्पद देखिए तत्काल नजिकको प्रहरी घटनास्थल पुग्ने सुरक्षा रणनीति काठमाडौं प्रहरीले अघि सारेको हो। प्रहरीले क्लोज सर्किट क्यामरा(सीसीटिभी) लाई इगल आईका रुपमा ब्याख्या गरेको हो।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापा चाडपर्वमा हुने लुटपाट, चोरी र झैझगडा नियन्त्रण र रोकथामका लागि क्लोज सर्किट क्यामरा पछिल्लो तीन दिनमा प्रभावकारी देखिएको जानकारी दिए । उनका अनुसार बढी चहलपहल हुने न्यूरोड, असन, बागबजार, पुतलीसडक र दरबारमार्गमा रहेका क्यामराको निरन्तर निगरानी भै रहेको हो।

प्रहरीले चाडपर्व केन्द्रीत बिशेष सुरक्षा अन्तर्गत ३० लाख चलायमान जनसख्या रहेको काठमाडौंको सुरक्षाका लागि तीनहजार दुईसय ४३ प्रहरी अपुग हुने भएपछि प्रविधिको सहयोग लिएको हो। प्रहरीले सुरक्षाका लागि इगेल आई बाहेक परिसर अन्तर्गत रहेका वृत्त, प्रभाग र पोस्टमा रहेका मोटरसाईकल र गाडीलाई रातको समयमा पालैपाले चौबिसै घण्टा चलायमान बनाएको हो। प्रहरीको गस्ती बढाएसँगै रातमा हुने चोरी र डकैतीका घटना अति न्युन भएको छ।

‘हामीले करिब दुईसय मोटरसाईकल फिल्डमा खटाएका छौ, प्रहरीले पालै पालो र रातदिन गस्ती गरिरहेको छ, यो प्रभावकारी देखियो,’ एसपी प्रधुम्न कार्कीले भने । उनका अनुसार घटनाको जानकारी लिन र दिन प्रहरीले संचालन गरेका निशुल्क नम्बर र सामाजिक संजाल तथा पुलिस एप्सको समेत मिनेट मिनेटमा मोनिटरिङ भै रहेको हो।

तीन दिनमा एकसय १८ पक्राउ

प्रहरीले शुक्रबार देखि संचालन गरेको बिशेष सुरक्षा योजना अन्तर्गत रात र दिनमा अकस्मातको चेकजाँच( आकस्मिक धराप)मा एकसय १८ जना शंकास्पद परेका छन । काठमाडौं प्रहरीका वृत्त, प्रभाग र पोस्टले पक्राउ गरेका एकसय १८ मध्ये केही चोरी घटनामा संलग्न, ठगी र असामाजिक कृयाकलापमा संलग्न रहेको एसएसपी थापाले जानकारी दिए।

‘यात्रु, ग्राहक र सर्वसाधारण बटुवासम्मलाई ठग्ने, जर्जजस्ती बसमा चढाउने र पसलमा तान्ने देखि चोरी र लुटपाटमा संलग्न समेत पक्राउ परेका छन,’ थापाले भने । उनले यात्रु, ग्राहक र बटुवाको इच्छा बिना करकाप गर्ने समेतलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही थालेको हो।

यता अपराध अनुसन्धान महाशाखाले एकसय भन्दा बढि सादा पोशाकका अधिकारीलाई चाडपर्वमा हुनसक्ने अपराध नियन्त्रणमा खटाएको छ। यसरी सादा पोशाकमा खटिएका अधिकारीले सम्भावित चोरी, डकैती र जुवातास रोक्न सक्रिय छन । चाडपर्वको बहानामा हुने ठुला जुवातासका खेलले ठूलो अपराधको जन्म हुने भन्दै प्रहरी रोकथाममा सक्रिय रहेको थापाले बताए।

‘काठमाडौंमा मनोरञ्जनको बहानामा करोडौं रुपैयाँसम्मको जुवातास र कौडा हुने गरेको सूचना अनुसार ठाँउ ठाँउमा दिनहुँ छापा मारिरहेका छौ, काठमाडौंबासीलाई भयमुक्त भएर चाडपर्व मनाउने वातावरण उपलब्ध गराउन खटिएका छौ,’ एसएसपी थापाले भने।

प्रकाशित: १७ आश्विन २०७३ १३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App