बागमती सफाइ

बागमती सफाइमा युवाको शव

शनिबार, ११ असार २०७३, १३ : ३२

काठमाडौँ-बागमती सफाइमा आज एक अपरिचित युवाको शव फेला परेको छ। सफाइको १६३ औँ हप्तामा आज थापाथली कुपण्डोल आसपासको बागमती  नदी सफाइका क्रममा कुपण्डोलतिरको भागमा बोरामा बन्द गरिएको अवस्थामा गन्हाउने भइसकेको शव फेला परेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी निर्देशक राजेशप्रसाद सिंहले जानकारी दिए।  नदीमा भेटिएको शव प्रहरीलाई बुझाइएको उनले बताए।

सरसफाइमा सात मेट्रिक टन फोहर

यस क्षेत्रमा सफाइ गरी आज सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । “आज थापाथली पुल माथिको सुकुम्बासी बस्तीमा पसेर त्यहाँको वस्तुस्थिति पनि अवलोकन गर्यौँ, सुकुम्बासीका नाममा निजी कार र मोटरसाइकल राखेर बसेका हुकुम्बासीले बागमती किनार कब्जा गरेको यथार्थ सफाइका सहभागीले देख्ने अवसर पायौँ”–कार्यकारी निर्देशक सिंहले भने।

करिब ६०० मिटरको बागमती किनारमा ४३० परिवारका दुई हजार मानिस बसोवास गरेको तथ्याङ्क समितिसँग छ । नदी कब्जा गर्ने उद्देश्यले अधिकांश मानिस बसेका छन् । गरीब, बेसहारा र केही नभएका पाँचदेखि सात परिवारमात्र रहेको उनले बताए।

  अतिक्रमणकारीलाई हटाउन ठूला राजनीतिक दलका शीर्षस्थ नेतालाई आजै भेटेर अनुरोध गरिएकामा उनीहरुले दुई दिनको समय मागेको पनि समितिले जनाएको छ ।

सुकुम्बासीको अतिक्रमणका कारण थापाथली क्षेत्रमा मात्र ढल विच्छ्याउन र पर्खाल लगाउन नपाइएको निर्देशक सिंहको गुनासो छ ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न बागमती समिति, काठमाडौँ महानगरपालिका, ग्रिनसिटी अस्पताललगायतका सङ्घ संस्थाको उपस्थिति थियो । विसं २०७० जेठ ४ गते शनिबारदेखि साप्ताहिक रुपमा बागमती सफाइ हुँदै आएको छ ।

आजै गुह्यश्वरीमाथिको भागमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाज, रुद्रमती, विष्णुमती लगायत बागमतीका सहायक नदीमा पनि सफाइ गरिएको छ । रासस








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad