७ वैशाख २०८१ शुक्रबार
समाज

ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

सर्लाही - जिल्लाको दक्षिणी क्षेत्र स्थित कौडेनामा ट्याक्टरको ठक्करबाट आइतबार १५ महिने बालिकाको ज्यान गएको छ। कौडेना गाउँपालिका–५ निवासी फेकन साहकी १५ महिने छोरी रोशनी कुमारी साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ।

गाउँको भित्री सडक खण्डमा ज २ त २०३ नं. को ट्याक्टरले बालिकालाई ठक्कर दिएको हो। दुर्घटनापछि चालक फरार भएका छन् भने ट्याक्टर प्रहरी नियन्त्रणमा छ। शव पोष्टमार्टका लागि सदरमुकाम मलंगवा लगिएको छ।

 

प्रकाशित: ६ माघ २०७५ १०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App